१३ माघ २०८१, आइतवार
१३ माघ २०८१, आइतवार

वैवाहिक बलात्कार मुद्दामा रवि ओडले गरे प्रहरीमा आत्मसमर्पण

काठमाडौं । नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन् । ओडले वैवाहिक बलात्कार सम्बन्धी मुद्दामा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा आत्मा समर्पण गरेका हुन् । उनी कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

रवि आफै प्रहरी कार्यालयमा उपस्थित भएपछि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशीले जानकारी दिए । नेपाल आइडल सिजन-२ का विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी लिएको थियो । तर ओड सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् । उनी गत बिहीबार नै प्रहरी समक्ष पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?