श्रीमती जब पुरुष भएको थाहा पाएपछि…

नेपालमा गतवर्ष एउटा घटना भएको थियो, जहाँ बिहे गरेको ६ महिनापछि मात्रै नम्बर राई नामका युवकले आफ्नी श्रीमती पुरुष भएको थाहा पाएका थिए ।

बिहे गरेको त्यति लामो समयसम्म पनि आफ्नै दुलही महिला नभएको थाहा नपाउने रु भनेर ती युवाको खिसिट्युरी निकै भयो । तर यो दुनियाँमा बिहे गरेको लामो समयसम्म पनि पत्नीको लिंग छुट्टाउन नसकेका पीडितहरु नम्बर राई मात्र होइन रहेछन् । इण्डोनेसियामा पनि हालै यस्तै घटना भएको छ । त्यहाँका एकजना व्यक्तिले बिहे गरेर ल्याएको १२ दिनपछि मात्रै आफ्नी श्रीमती पुरुष भएको पत्तो पाएका छन् ।

२६ वर्षका ती युवकले १२ दिनअघि मात्रै आफुले बिहे गरेर ल्याएकी बेहुली पुरुष भएको थाहा पाएपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए ।

वास्तवमा उनीहरुबीच इन्टरनेटमा भेट भएर प्रेम सम्बन्ध कायम भएको थियो । त्यसपछि उनीहरु भौतिक रुपमै डेटिंगमा गए र केही समयपछि बिहे गरे । डेटिंगमा गएको बेला उनले गर्लफ्रेण्डको सरीरको पछिल्लो भाग अनौठो देखेका थिए, तर उनले शंका गरेनन् ।

आफ्नो नाम एडिन्डा कान्जा अजाहारा बताएकी ती महिलाले अनुहार भने हिजाब लगाएर सधै छोप्ने गरेकी थिइन् । त्यसो गर्दा उनलाई आफ्नी गर्लफ्रेण्ड निकै लजालु भनेर झनै मन परेको थियो ।

ती दुईले बिहे गर्ने निर्णय त गरे तर बिहे गरेर सम्बन्धित सरकारी निकायमा दर्ता गर्न भने अजाहाराले आनाकानी गरिन् । आफ्नी आमाको मृत्यु भएको र बुवा बेपत्ता भएकोले आफुले अभिभावकहरुलाई बोलाउन नसक्ने बताएपछि युवकका गाउँलेहरुले एउटा सानो समारोहमा धार्मिक गुरुलाई बोलाएर उनीहरुको बिहे गराइदिए ।

बिहेपछि पनि उनको आनीबानी बदलिएन । उनले अनुहारमा हिजाब लगाउन छाडिनिन् र बेहुलाका परिवारसँग पनि घुलमिल भइनन् । साथै लोग्नेसँग शारीरिक सम्पर्क गर्न पनि उनले आनाकानी गरिन् ।

त्यसपछि ती युवकलाई शंका लाग्यो र उनले परिवारसँग गुनासो गरे । छोराको भनाई अनुसार परिवारजनले ती नव बेहुलीमाथि अनुसन्धान सुरु गरे । त्यसक्रममा अजाहारा वास्तवमा पुरुष रहेको र उनले आफ्नो नाम र लिंग ढाँटेको खुलासा भयो । साथै उनका बुवा पनि बेपत्ता नभएको र घरमै रहेको थाहा भयो । बेहुलीको त्यस्तो करतुत थाहा पाएपछि उनीहरुले तत्कालै प्रहरीलाई खबर गरे।

प्रहरीले पक्राउ गरेपछि बेहुली बनेका ती युवकले अपराध स्वीकार गरेका छन् र पैसाको लागि आफु महिला बनेर युवकसँग बिहे गरेको बताएका छन् । उनीमाथि फौजदारी कानून अन्तरगत मुद्दा चलाइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?