बोडिङ्ग स्कूल छोडी सामुदायिक विद्यालय रोज्दै विद्यार्थी

कञ्चनपुर, बैशाख १७ : चालु शैक्षिक सत्र ०८१ कञ्चनपुरका सरकारी तथा निजी विद्यालयमा विद्यार्थी भर्ना हुनेक्रम जारी रहेको छ । भर्ना अभियानकै क्रममा केही विद्यार्थीले निजी तथा सरकारी रोजिरहेका छन । कञ्चनपुरको भीमदत्त नगरपालिका १९बागफाँटामा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा यस बर्षपनि विद्यार्थीको चाप बढिरहेका छ । सयौँ विद्यार्थीले बोडिङ्ग छाड्दै लक्ष्मी माध्यामिक विद्यालय रोजिरहेका छन । अभिभावकहरुले पछिल्ला बर्षहरुमा लक्ष्मी माविले शैक्षिक गुणस्तर बृद्धि गरेपछि आसपास सहित विभिन्न क्षेत्रमा रहेका निजी विद्यालय
(बोडिङ्ग)बाट आफ्ना सन्तान छुटाएर लक्ष्मीमा भर्ना गरिरहेका छन ।
अभिभावक कल्पना लुहारले आफ्ना दुई सन्तानलाई निजी विद्यालयबाट छुटाएर लक्ष्मीमा भर्ना गरेको बताईन । उनले बोडिङ्ग स्कुलमा रटाउने मात्रै प्रवृति खाली अभिभावकबाट पैशा अशुल्ने भएकाले गुणस्तर भन्दा फेसन मात्रै भएकाले निजीबाट छुटाएर सरकारीमा भर्ना गरेको बताए ।

अर्का अभिभावक पदम रानाले पनि आफ्ना सन्तानलाई बोडिङ्गबाट छुटाएर लक्ष्मी माविमा भर्ना गरेको बताए । रानाले निजीबाट पैशा अशुल्ने तर गुणस्तरिय शिक्षा नदिने प्रवृति हावि भएकाले बोडिङ्गबाट छुटाएर लक्ष्मी माविमा भर्ना गरेको बताए ।

लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले चालु शैक्षिक सत्रमा बालविकासदेखि कक्षा १०सम्म १५० नयाँ विद्यार्थी भर्ना भएको बताए । प्रअ नाथले शैक्षिक स्तर बृद्धिसंगै अभिभावकको विश्वास र विद्यार्थीको रोजाईको विद्यालय बनिरहेको बताए । प्रअ नाथले जसरी भएपनि शैक्षिक गुणस्तर बृद्धि गर्दै विद्यार्थीलाई ज्ञान अभिबृद्धि गराउने संकल्प रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?