लागू औषध नियन्त्रण ब्युरोको फन्दामा तस्कर

कञ्चनपुर, बैशाख १२ : नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले सुदूरपश्चिम प्रदेश कैलाली–कञ्चनपुर सहित पहाडी जिल्लाबाट लागु औषधका तस्कर तह लगाईरहेको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरले सुप प्रदेशभरीबाट लागु औषधका तस्कर तह लगाईरहेको हो ।

ब्यूरोले सुदूपश्चिम नेपाल मात्रै नभई भारतीय लागु औषधका तस्कर समुहलाई समेत तह लगाईहेको छ । औषध नियन्त्रण ब्यूरोले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, कैलाली सहित पहाडी जिल्लाका प्रहरीसंगको संयुक्त अप्रेसनमा लागु औषधका तस्कर भारतीय तथा नेपालीहरुलाई पक्राउ गरेको छ ।
गत फागुनदेखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखको जिम्मा सम्हालेका एसपी चक्रराज जोशीले स्थानीय जनताको लागु औषध बिगबिगीबारे गुनासो सुनेपछि लागु औषध नियन्त्रणमा चासो दिएपछि तस्कर धमाधाम प्रहरीको फन्दामा परिहेका छन ।
लागु औषध नियन्त्रण ब्यूरो महेन्द्रनगरका अनुसार केही दिन पहिले बरेलीका रहिद अहमदलाई ब्रम्हदेब, धनगढीबाट भारतको लखिमपुरका करन राना सहित ठुला भारतीय तस्करलाई पक्राउ गरेको थियो । बुधबार पनि ब्यूरोले कञ्चनपुरका विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेदकोट नपा ७ सुडाका विवेक चौधरी, भीनपा १८का कमल चन्दलाई पक्राउ गरेको छ । चौधरीको साथबाट ३.९ग्राम ब्राउन सुगर र चन्दको साथबाट २६०मिनिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो हिरोईन बरामद गरेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पठाईएको छ । कञ्चनपुर प्रहरीले पक्राउ परेका चौधरी र चन्दमाथि थप अनुसन्धान भईरहेको जनाएको छ । ब्यूरोले विगतका बर्षदेखि लागु औषधका तस्कर, सेवनकर्ताहरुलाई पक्राउ गर्दै नियन्त्रणमा लिईरहेको छ । लागु औषधले समानका किशोर,युवा ध्वस्त भईरहेका बेला लागु औषध नियन्त्रण ब्यूरो र कैलाली, कञ्चनपुर प्रहरी सकृय भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?