जिल्ला लिग फुटबल प्रतियोगिता : सेमिफाइनलमा चार टिम भिड्दै

कञ्चनपुर / बैशाख १२ : कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर स्थित खुलामञ्चमा सञ्चालन रहेको जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा बैशाख ३ गते देखी सञ्चालनमा रहेको जिल्ला लिग फुटबल प्रतियोगिता -२०८१ को सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव एवम् प्रतियोगिता संयोजक नितेश रावलले बताएका छन् ।

पहिलो टिम समूह “ए” बाट १० अंक का साथ सेक्युर्ड नेपाल विजेता र अरनिको युवा क्लब ७ अंकका साथ समूह उपविजेता हुँदै सेमिफाइनलमा स्थान पक्का गरेका छन् । अर्को समुह “बि” बाट राम युवा क्लबले १२ अंकका साथ शिर्ष स्थानमा कायम रहदै विजेता र कञ्चन समाज १० अंक जोड्दै समुह उपविजेता हुँदै सेमिफाइनलमा स्थान सुरक्षीत गरेको छ। सेमिफाइनलका खेल भोलि बिहीबार बिहान ९ बजे पहिलो सेमिफाइनल खेल समूह “बि” उपविजेता टिम कञ्चन समाज र समूह “ए” विजेता टिम सेक्युर्ड नेपाल बिच हुने छ। भने दोस्रो सेमिफाइनल खेल समुह “बि” को विजेता राम युवा क्लब र समुह “बि” को उपविजेता अरनिको युवा क्लब बिच प्रतिस्पर्धा हुने छ। उक्त दुई खेलमा जित निकाल्ने टिमले फाइनलको यात्रा तय गर्ने छन् भने प्रतियोगिताको फाइनल खेल बैशाख १५ गते दिउँसो ३:३० बजे महेन्द्रनगरको खुलामञ्चमा हुने छ। – विकास सिंह महता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?