सलमानको घरमा गोली चलाउने सुटर को हुन् ?

काठमाडौं । आइतबार झिसमिसेमै यो समुन्द्री किनारको अपार्टमेन्टमा चार राउण्ड हवाई फायर भयो । त्यसपछि फेरि एकपटक यो अपार्टमेन्टको चर्चा विश्वभर फैलिएको छ ।

मोटरसाइकलमा सवार दुईजनाले यो घटना गराएपछि उनीहरु फरार छन् । प्रहरीले घटनामा संलग्न एकजनाको पहिचान गरिएको जनाएको छ । प्रहरीले दुवैजना आक्रमणकारीको तस्वीर पनि सार्वजनिक गरेको छ ।

तीमध्ये एकजना सुटर हरियाणाको गुरुग्राममा बस्ने विशाल उर्फ कालु रहेको भनिएको छ । उक्त व्यक्ति राजस्थानको कुख्यात ग्याङस्टर रोहित गोदारको सुटर रहेको बताइएको छ । कालुले यसअघि पनि हरियाणामा एक व्यक्तिको हत्या गरिएको आजतकले जनाएको छ । त्यसयता उक्त व्यक्ति फरार रहेको उल्लेख छ ।

मुम्बई प्रहरीले उक्त व्यक्तिविरुद्ध व्यक्तिहत्याको मुद्दा दायर गरेको छ । सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सलमानको अपार्टमेन्ट बाहिर चौबीसै घण्टा सशस्त्र प्रहरीको उपस्थिति छ । घटनापछि चर्चित बलिउड सेलिब्रेटीले अपार्टमेन्टमै पुगेर सलमानसँग भेटेका छन् । उनको स्वास्थ्य अवस्था ठीक रहेको पिता सलिम खानले बताएका छन् ।

यसैबीच उक्त घटनापछि सलमानले आफ्नो सेड्युललाई स्थगित गरेका छैनन् । उनले अहिले कुनैपनि फिल्म नगरेपनि केही विज्ञापन र ब्राण्ड एन्डोर्समेन्टमा पनि सामेल छन् । उनले आफ्नो क्यालेन्डरअनुसार नै दैनिकी चलाइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?