६ जेष्ठ २०८१, आइतवार
६ जेष्ठ २०८१, आइतवार

सलमानको घरमा गोली चलाउने सुटर को हुन् ?

काठमाडौं । आइतबार झिसमिसेमै यो समुन्द्री किनारको अपार्टमेन्टमा चार राउण्ड हवाई फायर भयो । त्यसपछि फेरि एकपटक यो अपार्टमेन्टको चर्चा विश्वभर फैलिएको छ ।

मोटरसाइकलमा सवार दुईजनाले यो घटना गराएपछि उनीहरु फरार छन् । प्रहरीले घटनामा संलग्न एकजनाको पहिचान गरिएको जनाएको छ । प्रहरीले दुवैजना आक्रमणकारीको तस्वीर पनि सार्वजनिक गरेको छ ।

तीमध्ये एकजना सुटर हरियाणाको गुरुग्राममा बस्ने विशाल उर्फ कालु रहेको भनिएको छ । उक्त व्यक्ति राजस्थानको कुख्यात ग्याङस्टर रोहित गोदारको सुटर रहेको बताइएको छ । कालुले यसअघि पनि हरियाणामा एक व्यक्तिको हत्या गरिएको आजतकले जनाएको छ । त्यसयता उक्त व्यक्ति फरार रहेको उल्लेख छ ।

मुम्बई प्रहरीले उक्त व्यक्तिविरुद्ध व्यक्तिहत्याको मुद्दा दायर गरेको छ । सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सलमानको अपार्टमेन्ट बाहिर चौबीसै घण्टा सशस्त्र प्रहरीको उपस्थिति छ । घटनापछि चर्चित बलिउड सेलिब्रेटीले अपार्टमेन्टमै पुगेर सलमानसँग भेटेका छन् । उनको स्वास्थ्य अवस्था ठीक रहेको पिता सलिम खानले बताएका छन् ।

यसैबीच उक्त घटनापछि सलमानले आफ्नो सेड्युललाई स्थगित गरेका छैनन् । उनले अहिले कुनैपनि फिल्म नगरेपनि केही विज्ञापन र ब्राण्ड एन्डोर्समेन्टमा पनि सामेल छन् । उनले आफ्नो क्यालेन्डरअनुसार नै दैनिकी चलाइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?