गहुँ चुट्ने थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आईतवार गहुँ चुट्ने क्रममा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर भीमदत्त–९ का ४२ वर्षीया कौशादेवी जोशीको मृत्यु भएको जानकारी दिए । घटनापछि प्रहरीले ट्र्याक्टर र चालक पारस कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

‘महिलाको शव परीक्षणका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको छ’, प्रवक्ता जोशीले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?