१२ चैत्र २०८१, मङ्लबार
१२ चैत्र २०८१, मङ्लबार

सम्पुर्ण कम्युनिस्ट एक भइ समाजवादको दिशामा जानेमा वामपन्थीहरुको एकमत

काठमाण्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रिय तथा अन्तराष्ट्रिय वर्गसंघर्षको आवश्यकता अनुरूप नयाँ कार्यनीति बनाएर अघि बढ्नुपर्ने बताएका छन् । जनयुद्धको वीरगाथा सन्दर्भमा २४ औं जेलब्रेक स्मृति दिवस आयोजक समितिद्वारा शनिबार काठमाडौमा आयोजित एक कार्यक्रलाइ सम्वोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

उनले भने ,“हाम्रा इच्छा र चाहना अनुसार मात्रै होइन राष्ट्रिय, अन्तराष्ट्रिय वर्गसंघर्षको आवश्यकता अनुसार कार्यनीतिहरुको प्रयोग गर्नुपर्ने हुन्छ । असहजताका बावजुत पनि आफूले सरकारको नेतृत्वमा रहेर आफ्नो भागको वर्गसंघर्ष लडिरहेको छु ।”

आफ्नो हिस्साको वर्गसंघर्ष अहिले पनि चलाइरहेको छ भन्ने मलाई विश्वास छ ।’, उनले भने, ‘८ हजार सहिदलाई सहिद घोषणा गरेर राजपत्रमा घोषणा गरियो, त्यो पनि वर्गसंघर्ष कै क्रम हो । जनयुद्ध दिवस घोषणा गर्ने कुरा र सहिदका छोराछोरीलाई विभिन्न ढङ्गले अवसर दिएको छु, यो पनि वर्गसंघर्ष नै थियो।’

माओवादी अध्यक्ष प्रचण्डले परिवर्तित परिस्थितिमा जनताले प्राप्त गरेका उपलब्धिको रक्षा गर्दै समाजवादको दिशामा जाने कुरा मुख्य भएको बताए । निराशा बाड्न जरुरी नभएको बताउँदै प्रचण्डले समाजवादी मोर्चा रणनीतिक, दुरगामी र क्रान्तिकारी भएको जिकिर गरे । नेपालको मौलिक विशेषताको समाजवादी क्रान्ति पुरा गर्नका लागि माओवादी, कम्युनिस्ट, लोकतान्त्रीक, राष्ट्रवादी शक्तिहरु एकजुट भएर जानुपर्नेमा जोड दिए ।

वर्गसंघर्ष र क्रान्ति जारी छ । भन्दै एकीकृत जनक्रान्तिदेखि मार्क्सवाद मान्नु हुन्न भन्ने विचार सबैको साझा भएको बताए । उनले एकीकृत जनक्रान्तिका सहिदहरु पनि आफ्नै भएको भन्दै उनीहरुलाई साझा सम्पत्तिको रुपमा ग्रहण गर्नुपर्नेमा बताएका थिए ।

सबै माओवादी र कम्युनिस्टहरु एक ठाँउमा आउनु पर्छ: बिप्लव

मन्तव्यको क्रममा नेकपाका महासचिब तथा समाजवादी मोर्चाका संयोजक समेत रहेका विप्लवले हिजो जेल तोडियो आज खेल तोडनु पर्नेछ। हाम्रो बुद्दि पलाउने छ भन्दै सबै माओवादी र कम्युनिस्टहरु अब एक ठाँउमा आउने बेला आएको समेत बताए ।

“अहिलेको भू-राजनीतिक परिस्थितिले पनि हामीलाई नयाँ ढङ्गले सोच्न प्रेरित गरिरहेको छ,माओवादी एकदिन एकभै छाड्छ।तर यति मात्रै पर्याप्त छैन”- संयोजक विप्लवले भने-“हामीले पुष्पलालको समय देखिको कम्युनिस्ट आन्दोलनलाई एक ठाँउमा ल्याउनेछौं ।माओवादी र कम्युनिस्ट आन्दोलनलाई एक बनाएर आजका चुनौतीलाई सामना गर्ने हो ।”

संयोजक विप्लवले परिवर्तन र क्रान्तिका उपलब्धिविरुद्ध षड्यन्त्र हुन खोजेको तर्फ इङ्गित गर्दै भने,-” हामी गमन सर्प विरुद्ध फेरि लड्छौ।अहिले उपलब्धि विरुद्ध षडयन्त्र हुन खोज्दै छ।हामी थाकेका छैनौं ।देशलाई समाजवादतिर लैजाने नेतृत्व हामीले गर्छौ ।हामीले सङ्गै लडेका,सङ्गै सुतेका ८ हजार मानिसको वलिदान गरेर आएका हौं ।हुन त अरु पनि लडेका हुन । काङ्ग्रेस र एमाले पनि लडेकै हुन तर मुख्य त हामी नै लडेका थियौँ ।”

नेकपा स्थायी समिति सदस्य उमा सी शिलुको नेतृत्वमा आजकै दिन भएको गोर्खा जेलब्रेकको सन्दर्भ र महत्त्वको चर्चा गर्दै महासचिव विप्लवले आजको दिन विश्वको महत्त्वपूर्ण दिन भएको, विश्वमै उत्पीडित महिलाहरुले यसरी जेल्ब्रेक गरेको इतिहास बिरलै भएको र आफुहरु ती योद्दाहरुको सपना पूरा गर्न निरन्तर क्रान्तिको यात्रामा अघि बढिरहने प्रतिबद्धता समेत जनाए ।

अहिले सरकार, सडकदेखि युक्रेन र काङ्ग्रेस एमालेमासमेत वर्गसंघर्ष लडेका माओवादी योद्धाहरु रहेको भन्दै उनले सङ्घिय गणतन्त्र खोस्न चाहानेहरु विरुद्ध एकपटक लड्नुपर्ने बेला आएको बताए ।

प्रचण्ड र विप्लव मेरो कमाण्डर हुनुहुन्छ : सुदर्शन

क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन) ले प्रचण्ड र विप्लव आफ्नो कमाण्डर भएको बताएका छन् ।

जनयुद्धको समयमा कम्युनिस्टहरु ढुंगामा पनि उमृनु पर्छ भन्ने भावनाका साथ संघर्षमा होमिएको बताए । उनले जनयुद्धका क्रममा आफू बाजुराबाट भाग्न सफल भएको बताउँदै एकीकृत क्रान्तिको क्रममा पनि आफू नख्खु जेलमा ३ बर्ष बसेको स्मरण गरे ।

‘हामी फेरि पनि कुइरोको काग जस्तो अल्मलिन थालेका छौं । हामी स्पस्ट रूपमा अगाडि जान सकेनौं भने इतिहासले कठोर मुल्यांकन गर्नेछ ।’, उनले भने, ‘प्रचण्ड र विप्लव मेरा दुबै कमान्डर हुनुहुन्छ, तपाईहरु इतिहास सम्झेर अगाडि बढौं । वैज्ञानिक समाजवादको दिशामा जानेबारे सोचौं ।’

सहिद, वेपत्ता र जेलब्रेकको सपनालाई पूरा गर्न आट गर्नुपर्ने बताए । उनले आफूलाई सम्मान गर्दा एकातिर सम्मानित भएर न्यानो महसुुस भएको र अर्कोतिर अर्कोतिर संसदवाद सल्किन्छ कि भनेर चिसो पनि लागि बताए ।

विप्लवलाई यादवले गरे कम्युनिस्ट आन्दोलनको नेतृत्व समाल्न आग्रह

नेपाल समाजवादी पार्टीका संयोजक महेन्द्रराय यादवले अब देश र कम्युनिस्ट आन्दोलनको नेतृत्व समाल्ने जिम्मेवारी विप्लवको काँधमा आएको बताएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको पार्टीबाट हालै अलग्गिएका यादवले अहिले संविधान असफल हुने खतरा भएकोले माओवादी कमजोर हुने कुराले परिवर्तन र आन्दोलनका उपलब्धि समेत कमजोर हुँदै जाने भन्दै माओवादी आन्दोलन पुनः एकताबद्ध हुनुपर्ने बताए ।

पुर्ण समानुपातिक प्रणाली र कार्यकारी राष्ट्रपतीय प्रणालीको आवश्यकता भएको तर्फ जोड दिदै उनले माओवादी एक हुने हो भने देशको मुख्य शक्ति हुने र यसले नै संविधान संशोधन गर्न संभव हुने बताए ।

माओवादीको लाल मधेस भन्ने नाराले नै आफुले पहिलोपटक माओवादी आन्दोलन बुझेको र जनयुद्धले नै नेपालमा मधेस पनि छ भन्ने कुरा स्थापित गरेको समेत दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?