५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

अनुसन्धानमा सहयोग नगर्ने लागेपछि महरा पक्राउ गर्यौ : आईजीपी कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले अनुसन्धानमा सहयोग नगर्न सक्ने आशंकामा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको स्पष्टीकरण दिनुभएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा आईजीपी कुँवरले सुन तस्करीबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको बताउनुभयो ।

महरा भाग्न खोजेकाले पक्राउ गरेको हो भन्ने सांसदहरुको प्रश्नतर्फ संकेत गर्दै उहाँले भन्नुभयो, ‘म त्यो शब्द त प्रयोग गर्दिन, तर उहाँले सहयोग नगर्ने हो कि भन्ने आभास भयो ।’ नेता महरा निजी सुरक्षाकर्मी र गाडी छाडेर हिँडेपछि प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो । ‘यो सुरुदेखि नै अनुसन्धानमा आएको विषय थियो, आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा संवेदनशील बन्यौं, कानूनी दायरामा ल्यााउनुपर्छ भन्ने हिसाबमा गयौं’, उहाँले भन्नुभयो, ‘त्यसक्रममा गाडी छाडेर हिँड्नुभएपछि ल्याएका हौं ।’

प्रहरीले महरालाई ५ चैतमा कपिलवस्तुको सीमा क्षेत्र नजिक पकडीबाट पक्राउ गरेको थियो । त्यसबेला महरा रोल्पास्थित घर जाने भन्दै काठमाडौंबाट हिँडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?