एक युवतीद्वारा पाँच पुरुषबाट २० लाखको ठगी , प्रेम जाल र नक्कली बिहेको खेल

पछिल्लो समय युवतिहरुले नक्कली माया जालमा पारि विवाह समेत गर्ने बहानामा फसाएर थुप्रै युवाहरुबाट सम्पति लुट्ने गरेका छन् । यस्ता आपराधिक घटनामा संलग्न भएर पक्राउ पर्नेहरु समेत दैनिक बढ्दो मात्रामा छन् ।

त्यस्तै पाल्पाकी एक युवतीले बुटवल क्षेत्रमा केन्द्रीत भएर झण्डै ५ जना पुरुषबाट २० लाख भन्दा बढी रकम ठगेकी छन् । कुसुम गैरे नाम गरेकी २१ वर्र्षीया ती युवतीले केही वर्षदेखि पुरुषहरूलाई नक्कली विवाह र प्रेम जालमा फसाई विवाह गर्ने आदि इत्यादी सम्झौताको लोभ देखाउँदै ठग्दै गरेको तथ्यहरु फेला परेका छन् । उनले विभिन्न जिल्लाका युवाहरूलाई समेत ठगेको रहस्य खुलेको छ । रूपन्देहीका २५ वर्षीय रवी बस्नेत,नवलपरासीका २३ वर्र्षीय, विवेक मगर कपिलवस्तु २२ वर्षीय राज थापा मगर, ईश्वरी भनिने युवकको रकम ठगेको खुलेको प्रहरीले जनाएको छ ।

ती युवतीले एकै पटक ५ पुरुषसँग डेटिङ गर्ने दुस्साहास समेत गरेको पिडितहरूले बताएका छन । कुसमले ती सम्पूर्ण पुरुषलाई आफ्नो प्रेम सच्चा भएको भन्दै मख्ख पारेर नक्कली सम्बन्ध कायम गर्दै आएकी थिइन ।उनीहरूसँग सॉंचो प्रेम अर्थात विवाह गर्ने भन्दै तस्बिर खिचाउने गरेको र ती सबै पुरुषले उनलाई सधैँ श्रीमती भनेरै सम्बोधन गर्ने गरेको बुझिएको छ । आफ्नो फन्दा परेका पुरुषहरूसँग उनले परिवारका सदस्यहरूलाई मद्दत गर्नुपर्ने भन्दै पैसा माग्ने गरेकी थिइन ।

नक्कली प्रेमी विवाह गर्ने साथ उनले उनीहरुसँग आफ्नो पितालाई जापान पठाउन पैसा अपुग भएको र पैसा मागने दिएर उनीहरू बाट सम्बन्ध टुंगाउँदै फेक फेसबुक आइडी बनाएर विभिन्न धम्कीसहित थप पैसा माग्ने गरेको पीडित राजन थापाले बताए ।
त्यस्तै रुपदेन्हीका २३ वर्र्षीय विवेक मगर ती युवतिको आनीबानी देखेर शंका लागेपछि उनीसँग सम्बन्ध नरहने गरि समन्ध टुंगाएको बताए । पीडितहरूका अनुसार उनी अहिले बुटवलमा आफ्नी आमा र भाई सँग एउटा भाडाको घरमा बस्दै आएकी छिन । उनले अरुलाई भने आफू मेनपावरमा काम गर्ने गरेको बताउँदै आएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?