कर्णाली। बर्दिया र कैलाली जोड्ने चिसापानीको कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक जल्नुका साथै पुलका केही लठ्ठामा समेत क्षति पुगेकाे छ।
सोमबार दिउँसो वीरगंजबाट महेन्द्रनगर जाँदै गरेको ना पा ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा एक्कासी आगलागी भएको थियो। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ।
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार लम्की–चुहा नगरपालिकाको दमकल मगाएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगो लाग्नुको कारण भने खुलेको छैन।