भागेका थुनुवा समात्न खोज्दा प्रहरी जवानको ज्यान गयो

दार्चुला : जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना थुनुवा सोमबार भाग्न खोजे । जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षामा रहेका महाकाली नगरपालिका–१ का उमेशसिह कुवरलाई प्रहरीको मुद्धा शाखामा सोधपुछको क्रममा उनी भाग्न खोजेका हुन् । हातमा हतकडी लगाएकै अवस्थामा भाग्न खोज्दा प्रहरी जवान सोहन चौधरीले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालयको पछाडिबाट हाम फालेर भाग्ने क्रममा चौधरीले उनलाई रोक्न खोजेका थिए । हतकडी सहित हामफालेका कुवरसँगै हुत्तिएर चौधरी भीरबाट लडे । झण्डै एक सय मिटर तल खसेपछि प्रहरी जवानको ज्यान गएको छ ।

थुनुवा भागेपछि प्रहरीले जवानले रोक्न खोजे, जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले भने ।

टाउँकोमा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा पु¥याउँदा मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए ।

हामफालेर भागेका कुवर महाकाली तरेर भारततर्फ लागे । प्रहरी पनि सँगै नदी तरेर भारतपट्टि पुगेर नियन्त्रणमा लिइएको इन्स्पेक्टर सिंहले बताए । भारतबाट गोरखा रेजिमेन्टले पनि सहयोग ग¥यो ।

गत माघ ७ गते ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि चक्कु प्रहार गरेका कुवरलाई फागुन २२ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । आफ्नै श्रीमति धनिसा कुवरलाई बन्दक बनाएर हिंसा गरेको भन्दै उजुरी पछि प्रहरीले उनलाई सोधपुछको लागि जाने क्रममा प्रहरी हवल्दा जयबहादुर खड्का र जवान डम्बरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट ठगुन्नाको आँखामा चोट लाग्यो ।

कुवरविरुद्ध प्रहरीले अपहरण तथा बन्दकी, ज्यान मार्ने उद्योग र जबरजस्तीकरणीको मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेको थियो । – एकपाइलाबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?