कञ्चनपुर, १९ फागुन : कञ्चनपुरको भीमदत्त नगरपालिका उत्तरी भेगमा रहेको एक सामुदायिक विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । भीमदत्त नगरपालिका ३नयाँ तिलकपुरमा रहेको नव दुर्गा कालिका आधारभूत विद्यालयले २६ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक नर बहादुर धामीले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि निरन्तर जारी रहेको बताए । प्रअ धामीले न्यूनतम स्रोत साधन अभावका विचपनि विद्यालयले शैक्षिक गुणस्तर बृद्धि गरिरहेको बताए । प्रअ धामीले आगामी दिनमा समेत शैक्षिक स्तर बृद्धि गर्दै जाने प्रतिबद्धता जाहेर गरेका छन । प्रअ धामीले सामुदायिक विद्यालयको बृद्धि विकासका लागि सरोकारवाला निकायले चासो दिनुपर्नेमा आग्रह गरेका छन । विद्यालयका सहायक प्रद्यानाध्यापक द्रोपती भट्टले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक स्तर बृद्धिमा जोडदिईन । शिक्षिका कुमारी अम्बिका जोशीले स्वागत मन्तव्य राखेका थिए ।
उत्कृष्ठ विद्यार्थीलाई सम्मान सहित विवित साँस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अथिति समेत रहेका सुप प्रदेशका निर्वतमान आर्थिक मामिलामन्त्री एव सुप प्रदेश सभा सदस्य प्रंकास बहादुर रावलले विद्यालयको बृद्धि विकासका लागि विगतमा पनि गरेको र भावि दिनमा गर्ने सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र सुनारको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा क्षेत्रका व्यक्तित्व, अभिभावक, विद्यार्थी, शिक्षक सहित स्थानीयको सहभागिता रहेको थियो ।