गाजामा मृत्यु हुने प्यालेस्टिनी नागरिकको सङ्ख्या ३० हजार

काठमाडौं। इजरायली सेनाको आक्रमणबाट गाजामा मृत्यु हुने प्यालेस्टिनी नागरिकको सङ्ख्या ३० हजार नजिक पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार गत २४ घन्टामा इजरायली आक्रमणमा परी थप ३० जना प्यालेस्टिनीको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २९ हजार ५ सय ८४ पुगेको छ ।

गाजाको खान युनिस, बुरेज र नुशेरतमा इजरायली सेनाले आक्रमण गरेको हो ।

मन्त्रालयका अनुसार आक्रमणबाट सय जनाभन्दा बढी घाइते भएका छन्। इजरायल–हमास द्वन्द्व शुरु भएदेखि हालसम्म प्यालेस्टिनी घाइतेहरूको कुल सङ्ख्या ७० हजार नाघिसकेको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीले गाजामा युद्धको लक्ष्य अक्टोबर ७ को आक्रमण फेरि कहिल्यै नहोस् भन्ने सुनिश्चित गर्ने रहेको र त्यसका लागि समय लाग्ने बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?