कपिलवस्तु । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु हुनका साथै कम्तीमा ३० जना घाइते भएका छन् । प्रहरिका अनुसार , शिवराज नगरपालिका–१ सुरही पुलनजिकै उक्त बस दुर्घटना भएको हो ।
मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिएका छन् ।
बस बाटोबाट २०० मिटर तल खसेको छ।
घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर लगिएको छ। अन्य घाइतेको उपचार सञ्जीवनी र आधारभूत अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।