१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

अखिल (क्रान्तिकारी) कैलालीको जिल्ला सम्मेलन सम्पन्न

कैलाली, २८ माघ : अखिल क्रान्तिकारी कैलालीको संयुक्त २३ औं जिल्ला सम्मेलन धनगढीमा सम्पन्न भएको छ । संगठनको केन्द्रिय सदस्य कैलाली इन्चार्ज महेश सीं को अध्यक्षतामा भएको हो । सम्मेलनले पश्चिम जिल्ला बिनोद सीको अध्यक्षतामा ४१ सदस्ययी र पुर्वी जिल्लाको सम्मेलन कम्लेस सी को अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । यो संगठन विप्लव निकट हो । सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी सदस्य तथा स्कुलिङ बिभाग प्रमुख भरत सी को प्रमुख आतिथ्यतामा केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज भगत सी, केन्द्रिय सदस्य तथा महाकाली इन्चार्ज समर सी, केन्द्रिय सदस्य तथा कैलाली इन्चार्ज प्रकाश सी, केन्द्रिय सदस्य तथा कंचनपुर इन्चार्ज बिराट सी, केन्द्रिय सदस्य तथा डोटि इन्चार्ज बिमल सी, संगठनको सचिव प्रकाश सी,संगठनको केन्द्रिय कार्यालय सदस्य तथा पश्चिम कमान्ड इन्चार्ज इन्चार्ज बबरजङ्ग सी, पार्टीका केन्द्रिय प्रतिनिधि समिति सदस्यहरु, जिल्लाको सेक्रेटरीहरुको आतिथ्यता रहेको थियो । पार्टीको अन्य जबसको नेता कार्यकर्ताहरुको समेत विशेष उपस्तिथि रहेको थियो ।

प्रमुख अतिथि, अतिथिहरुले मैनबत्ती बालेर अतासबाजी पट्कायर उद्घाटन गरिएको सम्मेलनलाई पार्टीका स्थायी सदस्य भरत सी, सेती र महाकालीका द्वय इन्चार्ज भगत सी, समर सी, संगठनको सचिव प्रकाश सी, कार्यालय सदस्य तथा पश्चिम कमान्ड इन्चार्ज बबरजङ्ग सी, अनेमसंघको ब्युरो इन्चार्ज सुनिता सी लगायतले सम्बोधन गरेका थिए ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि भगत सी ले सुरुवात मै कबिता सुनायर विद्यार्थीलाई निकै चेतनामूलक संदेश प्रबाह गरेर उत्साहित गरेका थिए । बिद्यार्थीले राजनीति बुझ्नपर्ने, समाजको अभिन्न अंग विद्यार्थी भएकोले अन्य विद्यार्थी संगठन दलाल सत्ताका भर्याङ् बनेकाले सचेत बिद्रोहको नेतृत्व अखिल क्रान्तिकारीले गर्नुपर्ने, यसका लागि हरेक क्षेत्रमा पार्टीले लिएको एकीकृत नीति आजको आवश्यकता रहेको र विद्यार्थी त्यसमा जोडिन अनुरोध गरेका थिए ।
यस्तै कार्यक्रममा बबरजङ्ग सीले शैक्षिक विकृत्ति र विसंगति विरुद्ध सडक बाघका रूपमा स्थापित अखिल क्रान्तिकारी विद्यार्थीको हकहितका लागि सदैव संघर्षमा रहेको बताए । आफ्नो संगठनले शैक्षिक विकृति बिसंगति विरुद्ध धावा बोल्नुका साथै शैक्षिक रुपान्तरणमा अग्रणी भुमिका निर्वाह गरेको बताउँदै उच्च शिक्षालाई सर्वसुलभ व्यवहारिक बनाउनुपर्ने र विद्यालय शिक्षा निःशुल्क, सिपमुलक बनाउनुपर्ने, शिक्षालाई अनिवार्य श्रम र उत्पादनसँग जोड्नुपर्ने बताउँदै श्रममा हीनताबोध होइन गौरव गर्ने शिक्षा प्रणाली आवश्यक रहेको बताए । राष्ट्रलाई आवश्यक पर्दा संघर्ष गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने उल्लेख गर्दै वर्तमान शिक्षाप्रणालीले युवायुवतीलाई अन्तर्राष्ट्रिय श्रमबजारमा बेचिरहेको आरोप लगाए।शिक्षालाई समयानुकूल खोज र अनुसन्धानमा लगाउनुपर्ने बताए ।
सम्मेलनको संचालन संगठनको केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बिनोद सी ले गरेका थिए । सम्मेलनबाट निर्वाचित जिल्ला समितिलाई सपथ ग्रहण गराउदै अन्तमा नारावाजी सहित सम्मेलन निकै उत्साह सहित सम्पन्न भएको थियो । साभार – अग्निसञ्चार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?