२८ भदौ २०८१, शुक्रबार
२८ भदौ २०८१, शुक्रबार

उर्लाबारीमा भेटिएको हिँउ चितुवा चिडियाघरमा राखियो

काठमाडौं । मोरङको उर्लाबारी क्षेत्रमा हिँउ चितुवा भेटिनु अस्वभाविक भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

बुधबार उर्लाबारी–१ चारघरे भक्न्ने ठाउँमा वयस्क भाले हिँउ चितुवा भेटिएको थियो । बाँसको झ्याङमा बसेको अवस्थामा भेटिएको हिँउ चितुवालाई उद्दार गरेर अहिले सदर चिडिया खाना, जाउलाखेल ल्याइएको छ ।

पूर्व कञ्चनजंगादेखि पश्चिम अवि नम्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा हिउँ चितुवा पाइन्छ । नेपालमा दुई हजारदेखि ६ हजारसम्मको उचाईमा रहेका १२ संरक्षित क्षेत्र तथा आवापासका स्थान हिउँ चितुवाका सम्भावित वासस्थन हुन् ।

विभागका अनुसार नेपालमा २०१ देखि ४०० सम्म हिउँ चितुवा रहेको अनुमान छ । उर्लाबारीमा भेटिएको हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज देखिएको छ, तर बाहिर कुनै चोट छैन ।

‘पाटे बाघको बासस्थानको उचाईमा हिउँ चितुवा देखिनु अस्वभाविक र अनुसन्धानको विषय बनेको छ’ विभागाक सूचना अधिकारी श्यामकुमार साहले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?