२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार

नेप्से परिसूचकमा गिरावट, कारोबार रकम ३ अर्ब ७६ करोड माथि

काठमाडौं । सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सामान्य अंकको गिरावट आएको छ।

साताको कारोबारको अन्तिम दिन आज नेप्से ३.९४ अंकले घटेर २ हजार ८४.०९ विन्दुमा कायम भएको छ। कारोबारको अघिल्लो दिन पनि नेप्से १०.२५ अंकले घटेर २ हजार ८८ दशमलव ०४ को विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा ३ अर्ब ७६ करोड रूपैयाँ बढीको कारोबार भएको छ। अघिल्लो दिन भने कुल ३ अर्ब ८९ करोड ७० लाख रूपैयाँ बढीको कारोबार भएको थियो ।

आज कारोबारमा आएका ९१ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४१ कम्पनीको सेयर मूल्य घटेको छ।

यस्तै, १५ कम्पनीको सेयर भने स्थिर छ। यस दिन आज साम्लिंग पावर कम्पनीको सेयर मूल्य ९.९९, मिड सालु हाइड्रोपावरको ८.७९, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ८.१२ र नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ७.०१ प्रतिशतले बढेको छ।

आज सिटिजन्स म्युचल फण्ड–२ को सेयर मूल्यमा गिरावट आएको छ। उक्त कम्पनीको सेयर मूल्यमा ५.०३ प्रतिशतले घट्दा धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.३५ प्रतिशतले घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?