३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

निलम्बित न्यायाधीश गिरी विरुद्धको मुद्दामा सुनवाई हुँदै

निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्धको मुद्दाको पेसी सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्मा र सुनिल पोखरेलको इजलासमा परेको छ।

न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित उनकी श्रीमती आरतीले दायर गरेको रिटको पेसी बुधबार सर्वोच्चका न्यायाधीशद्धय शर्मा र पोरखेलको इजलासमा परेको हो।

यसअघि न्यायाधीश गिरीविरुद्ध पत्नी आरतीले काठमाडौं जिल्ला अदालत र कपिलवस्तु जिल्ला अदालतमा बैवाहिक बलात्कारको उजुरी हालेकी थिइन्। दुबै अदालतले न्यायधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए।

त्यसपछि पन्ती आरती उच्च अदालत पुगेकी थिइन्। उच्चले पनि जिल्लाकै आदेशलाई सदर गरेको थियो। जिल्ला र उच्चको आदेशविरुद्ध पुर्पक्षमा राखेर मुद्दाको फैसला गर्नुपर्ने मागसहित पत्नी आरती सर्वोच्चमा पुगेकी थिइन्।

सोही मुद्दाको सुनुवाइका लागि बुधबार न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा पेसी परेको छ। सर्वोच्चले जिल्ला र उच्चकै आदेश सदर गर्ला वा पुर्पक्षमा थुनामा पठाउला भन्ने हेर्न बाँकी छ। सर्वोच्चमा पेसी चढ्नु केही दिन पहिले मात्रै आरती सर्वोच्च परिसर अगाडि पुगेर आत्मदाहको प्रयास समेत गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?