२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

आज बाट रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमको औपचारिक शुभारम्भ

काठमाडौँ । महानगरका १० ओटा योजना मध्य काठमाडौँ महानगरपालिकाले आज ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कार्यक्रमको संकेत चिन्ह सार्वजनिक गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

सामाजिक विकास विभागले कार्यान्वयन गर्ने यस कार्यक्रममा सिप नजानेका र सिपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सिप सिकाउने तथा सिपको स्तरोन्नति गराउने क्रियाकलाप सञ्चालन हुनेछन् ।

महानगरपालिकामा बसोबास गरिरहेका (स्थायी, अस्थायी बसोबासी तथा करदाता समेत) व्यक्ति, फोहोर व्यवस्थापन हुँदै आएको ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा प्राथमिक लक्षित वर्ग हुन् । बेरोजगार, युवा (महिला, पुरुष), रोजगारी गुमाएर बसेकाहरु, विदेशवाट सिप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका) व्यक्तिलाई सबैलाई तालिमको अवसर प्रदान गरिने बताईएको छ ।

यस वर्ष १५ हजार व्यक्तिलाई निःशुल्क सिपमूलक तालिम प्रदान गर्ने, जसमध्ये ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आवद्ध गराउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले भन्नुभयो, ‘जनशक्तिको माग र आपूर्तिको चक्रलाई अध्ययन गरेर आवश्यकताका आधारमा तालिमका विधा छानिएको हो । जनशक्तिको माग हुने क्षेत्रबाट सिपयुक्त जनशक्ति नभएको गुनासो आउँछ । अर्कोतिर शैक्षिक योग्यता प्राप्त गरेका विद्यार्थीहरु आफ्नो योग्यता अनुसारको रोजगार नपाएको गुनासो गर्नुहुन्छ । माग र आपूर्तिका विचमा भएको यो कमीलाई तालिमबाट घटाउने हाम्रो लक्ष्य हो ।’ उहाँले थप्दै भन्नुभयो, ‘महानगरपालिकाले आयोजना गरेका कार्यक्रमबाट मेरो वृत्ति विकास भयो । म रोजगार भएँ भन्ने व्यक्तिहरुको संख्या बढ्ने आशा लिएका छौँ । आय वृद्धि गराउन सिपयुक्त हुन जरुरी छ । यो जरुरी पूरा गराउने हाम्रो प्रयास हो ।’

पूर्वाधार विकासका कार्यक्रमसँगै सामाजिक विकासका कार्यक्रममा महानगरपालिकाले काम गरिरहेको छ । यसबाट अनुभव गर्न सकिने नतिजा आउनेछ ।’ कार्यपालिका सदस्य महेश नेपालीले भन्नुभयो, ‘आज जनजीविका, पेशा र सुरक्षासँग प्रत्यक्ष जोडिएको कार्यक्रम थालिएको छ ।’

कार्यक्रममा प्रस्तुतिकरण गर्दै सूचना प्रविधि विज्ञ सुदीप ढकालले, तालिम कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक बर्षमा १० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । तालिमका क्षेत्र र लक्षित वर्गका बारेमा जानकारी दिँदै उहाँले भन्नुभयो, ‘रोजगारमूलक तालिम दिएर उनीहरुको सिप र क्षमता बढाउने, आय आर्जनका क्रियाकलापमा सक्रिय बनाउने र रोजगारदातासँग आवद्ध गराउने यसको लक्ष्य हो । सिप सिकेका व्यक्तिहरु श्रम वैङ्कमा आवद्ध हुने र रोजगारदाताले श्रम बैङ्कबाट जनशक्ति लिन सक्ने संयन्त्र निर्माण गरिएको छ ।’

उद्घाटन कार्यक्रममा सहभागी हुन इच्छुकहरुलाई अनलाइन इच्छा व्यक्त गर्ने अवसर दिइएको थियो । यसबाट ८ हजार ३७६ जनाले कार्यक्रममा सहभागी हुन इच्छा देखाउनुभएको थियो । जसमध्ये करिब ४ हजार व्यक्ति कार्यक्रम स्थलमा आउनु भएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीमध्ये साइबर सेक्युरिटी तालिम लिन इच्छा हुनेलाई रुचि फाराम भर्न दिइएको थियो । यसमा करिब २ हजार व्यक्तिले इच्छा देखाउनुभएको झाको भनाइ छ ।

कार्यक्रममा तालिमसँग सम्बन्धित विधाका प्रदर्शनीहरु राखिएका थिए । यसमा विद्यालयहरुमा चलिरहेको शिक्षामा सिप कार्यक्रमका प्रशिक्षक तथा प्रशिक्षण संस्थाहरु सहभागी थिए ।

तालिम लिन कसरी फाराम भर्ने

चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएको यो कार्यक्रममा सहभागी हुन गएको असोज २२ गते सार्वजनिक सूचनाबाट इच्छुक व्यक्तिहरुलाई फाराम भर्न आव्हान गरिएको छ । अनलाइन फाराममा आफूले तालिम लिन चाहेको विधा छान्न सकिन्छ । अनलाइनमा पहुँच नहुनेका लागि अन्य विधाका तालिम लिन वडा कार्यालयमा गएर फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?