दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

काठमाडौं, २४ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले राजनिामा दिएका छन् । आज (मंगलबार) सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर उनले राजीनामा बुझाएका हुन् । आगामी साउनसम्म कार्यकाल बाँकीनै रहेपनि विभिन्न प्रकरणमा मुछिएपछि उनले राजीनामा दिएका छन् ।

पछिल्लो समय उनी टेरामक्स र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमए) लगायतका विवादमा तानिएका थिए । विभिन्न प्रकरणमा नाम जोडिएपनि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा समेत तानिएका थिए । यसैबीच तीब्र आलोचना बढिरहेको अवस्थामा उनले राजीनामा बुझाएका छन् ।

इन्टरनेट सेवा प्रदायक (आईएसपी) ले राजस्व छली गरेको विषय, स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेल शेयर खरिद विक्री प्रकरणमा समेत प्राधिकरणले काम गर्न नसकेको भनेर उनको आलोचना हुने गरेको थियो । खनाल २०७६ साउन ९ गते प्राधिकरणको अध्यक्ष बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?