१५ बैशाख २०८२, सोमवार
१५ बैशाख २०८२, सोमवार

महेन्द्रनगरमा मुख्यमन्त्री पुरुष भलिबल हुँदै , कति छ पुरस्कार ?

कञ्चनपुर, १७ पुष : कञ्चनपुरको महेन्द्रनगरमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको महेन्द्रनगर स्थित खुला मञ्चमा माघ १४-२० गते सम्म मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको हो ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एव कञ्चनपुर जिल्ला भलिबल संघको समन्वय व्यवस्थापनमा १४ माघदेखि भलिबल हुने भलिबल संघ कञ्चनपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक सिहले पत्रकार सम्मेलन लाई सम्बोधन गर्दै मुख्यमंत्री पुरुष भलिबल प्रतियोगिताको तयारी भइरहेको बताए । उनले भने , “यस अघि दुई पटक सम्पन्न भएको मुख्यमन्त्री भलिबल प्रतियोगिताको सफलतापछि तेस्रो पटक कञ्चनपुरमा गर्न लागेका छौं ।”

उक्त भलिबल प्रतियोगितामा सातै प्रदेश सहित तीन विभागिय गरेर १० टिमको सहभागिता रहने जनाइएको छ । सातै प्रदेशका सात र सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाका टिमविच प्रतियोगिता हुनेछ ।

कति छ पुरस्कार ?

प्रतियोगिता विजेता टिमलाई नगद ४ लाख, उप विजेतालाई दुई लाख र तेस्रो हुने टिमलाई एक लाख नगद सहित ट्रफि, मेडलका साथै प्रमाण पत्र प्रदान गरिनेछ । चौथो हुने टिमलाई सान्त्वना स्वरुप ५० हजार नगद पुरस्कार समेत प्रदान गरिनेछ ।

सेमिफाईनल खेलमा पाँच हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

सदस्य सचिव सिहले प्रतियोगितामा झण्डै ८० लाख रुपैया विनियोजन गरेको बताए । उनले खेलाडी, प्रशिक्षक एव स्वयमसेवकका लागि आयोजकले बस्नेखाने प्रबन्ध मिलाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?