२८ भदौ २०८१, शुक्रबार
२८ भदौ २०८१, शुक्रबार

रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीले एक हप्ताको अवधिमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरुलाई नेपाल ल्याइएको हो ।

प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईबाट तीन तथा कुवेतबाट एकजनालाई नेपाल ल्याइएको हो ।

विद्युतीय कारोबारको कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्यूठानको सरुमारानी गाउँपालिका–१ का ३३ वर्षीय सगीर अहमदलाई पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो ।

यसअघि स्याङ्जाको वालिङ नगरपालिका–११ भोर्लेका ३५ वर्षीय यामबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–८ का ३१ वर्षीय उमेश लामा र सर्लाहीको जानकीनगरका कोमलराज उपाध्यायलाई पक्राउ गरी नेपाल ल्याएको प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?