२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

थारु कला संस्कृतिको प्रवर्द्धनका लागि होमस्टे महोत्सव हुँदै

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका १६ मा भादा होमस्टे महोत्सव हुने भएको छ । थारु होम स्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा यही पुस १७ देखि २२ गतेसम्म महोत्सव हुने भएको हो ।

समितिले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा जनाएको हो । भादामा सन २०११ देखि महोत्सव आयोजना हुँदै आएको छ । थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार २० घरमा सञ्चालनमा रहेको होमस्टेको विकास तथा थारु कला, संस्कृति, खानपानको प्रवर्द्धनको लागि महोत्सव आयोजना हुँदै आएको बताए ।

स्थानीयहरूले आउने पर्यटकलाई मनोरञ्जन प्रदान गर्न थारु समुदायको मौलिक संस्कृति सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की नाँचलगाति प्रदर्शन गर्दै आएका छन् भने मौलिक परिकार ढिक्री,खरिया,फुलौरी, अण्डीक् भात, खुर्मा, पनझझरा,कचरीक् बरिया, घोंघी, गेङटा,सुटही,मुसाको सेकुवा, सिध्रा,महुवाको रक्सी,चामलको रक्सी र झोललगायतको व्यवस्था गर्दै आएका हुन् ।

स्थानीयले पर्यटकलाई गाउँको रमणीय वातावरणको अवलोकन गराउन थारु समुदायको परम्परागत लहरुमा शेयर गराउँदै आएका छन् । आयोजना हुने महोत्सवमा करिब १ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । धनगढी बजारदेखि भादा गाउँ १७ किलोमिटरको दुरीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?