२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

भीमदत्तका कर्मचारीलाई ‘घुस’ दिन नसक्दा गरेको कामको भुक्तानी पाएनन्

कञ्चनपुर, पौष ४ : सरकारी काम गरेपछि भुक्तानी पाईन्छ । तर, कञ्चनपुरको भीमदत्त नगरपालिकामा गरेको कामको भुक्तानी पाईदैन । भीमदत्त नगरपालिका १९ बागफाँटा एक सडक निर्माणमा यस्तै भएको छ ।

दुई बर्ष अघि उपभोक्ता समिति मार्फत बागफाँटामा निर्माण भएको सडकको अहिलेसम्म भुक्तानी नपाएपछि उपभोक्ता समिति हैरान भएको छ । आर्थिक बर्ष ०७८÷०७९मा बागफाँटाको धर्मभक्त टोलमा सडक स्तरोन्नतीको योजना सम्पन्न गरेपनि नगरपालिकाले भुक्तानी दिएको छैन । स्थानीय लक्ष्मीदत्त भट्टको अध्यक्ष रहेको उपभोक्ता समितिले झण्डै ५ लाखको बजेटमा स्टेमेट भन्दा बढि सडक बनाएका थिए । धर्मभक्त टोलका प्रेम बहादुर चन्दको घरदेखि दक्षिण जाने सडक पानीपिचको योजना थियो ।

स्टमेट भन्दा बढि ३४मिटर थप काम गरेपनि जसको सोटो कामको समेत भुक्तानी नभएको बताए । स्टमेटका २सय ९३मिटर भएपनि ३सय २७मिटर सडक निर्माण गरेका थिए । उपभोक्ताले स्थानीय निर्माण व्यवसायीबाट सवारी साधन ग्राभिल खरिद गरेर सडक बनाएपनि पालिकाले भुक्तानी दिएको छैन । दुई बर्षदेखि भुक्तानी नपाएपछि उपभोक्ता समितिका अध्यक्ष भट्ट हैरान भएका छन । उनले भुक्तानीका लागि पटक पटक पालिका धाएपनि न्याय नपाएको बताए ।

सडक निर्माणका उपभोक्ता लक्ष्मीदत्त भट्टले सरकारी काम गरेपनि भुक्तानी नपाएको दुखेसो पोखे । ‘भीमदत्त नगरका प्राविधिक कर्मचारी साथीहरु समयमै नआएर नापजाँच गरिदिएन, प्राविधिक प्रतिवेदन समेत दिएनन, ‘उनले भने, ‘काम सम्पन्न भएको प्राविधिक प्रतिवेदन नबनाईदिदा लेखाले भुक्तानी दिएन, मलाई उता काममा लगाएका सवारी साधन र ग्राभिलका मालिकहरुले हैरान गराएका छन ।

उनले आफुले कर्मचारीलाई कमिसन र खुसी पार्न नसक्दा उनीहरु समयमै आएर नापजाँच नगरिदिएको बर्षात भएपछि आएर सडक नापेर कम परिमाण भन्दै आलटाल गरेको बताए ।

स्थानीय एमाले नेता समेत रहेका भट्टले आफुबाट कर्मचारीले केही खान नपाईने भएपछि धोका दिएको छ । ‘हामीले काम सम्पन्न गरेपछि पटक पटक प्राविधिक कर्मचारी बोलाए आएनन, ‘उनले भने, ‘जब बर्षात शुरु भयो, तब आएर नापजाँच गरे, उतिबेला केही बर्षातले ग्राभिल बगाएको थियो ।’ वडाबाट भुक्तानीका लागि सिफारिस भएपनि लेखाले प्राविधिक प्रतिवेदन नभएका कारण भुक्तानी दिन नमानेपछि आफु मारमा परेको उनले बताए । ‘जति काम भएको छ, त्यतिको पनि प्राविधिक प्रतिवेदन बनाईदिएन, ‘उनले भने, ‘भएको कामको पनि प्रतिवेदन नबनाईदिने कारण नियत के हो मैलो बु्झिन, कतै मैले कर्मचारीलाई कमिसन दिन नसक्दा यो दुर्गती भोक्नुप¥यो ।’ आफुलाई काम गरेका ठेकेदारले पैशा मागेर हैरान गरिसक्यो, अब उनीहरुको पैशा आफुले भुक्तानी नपाएको अवस्थामा कहाँबाट दिने भन्दै हैरान भएका छन ।
भीमदत्त नगरका कर्मचारीहरुले कमिसन, घुस भन्दा पनि कामै नभएपछि प्राविधिक प्रतिवेदन तयार हुन नसकेको जनाएका छन ।
भीमदत्त नगरका प्राविधिक कर्मचारी नरेश रानाले स्टमेट अनुरुप सडक निर्माण हुन नसक्दा प्राविधिक प्रतिवेदन दिन नसकिएको बताए । उनले यसमा कुनैपनि प्राविधिक कर्मचारीले सडक प्राविधिक स्टमेट अनुरुप गुणस्तर बाहेक अन्य कुनै स्वार्थ नजोडिएको बताए । उपभोक्ता समितिले भुक्तानी नपाएपछि कर्मचारीमाथि लगाउने आरोप मात्रै रहेको उनको भनाई छ ।

भीमदत्त नगरकै केही कर्मचारीले फिल्डमा खटिएका प्राविधिक कर्मचारीले आर्थिक स्वार्थ लक्षित प्राविधिक प्रतिवेदन नबनेको भए त्यो विषय दुखत हुने भन्दै कर्मचारीले कसैको म्ुख हेरेर भन्दा कानुन अनुरुप भए नभएको र सो गराउन भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिएका छन । उक्त स्थानमा सडक निर्माण भए अनुरुप पुन नापजाँच गरेर गरेको कामको भुक्तानी दिनुपर्नेमा केही कर्मचारी र जनप्रतिनिधी देखिएका छन । यसरी उपभोक्ता समितिबाट काम गराउँदा गरेको कामको भुक्तानी नहुने प्रवृतिले भावि दिनमा समस्या आउने भन्दै उपभोक्ता समितिबाट हुने कामकाजमा बदमासी भए उपभोक्ता समितिबाट कामकाज बन्द हुनुपर्ने सुझाव आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?