कञ्चनपुर, पौष १ : जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २ मा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिताको दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् ।
कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिता ‘हाम्रो गोल लागु औषध बिरुद्धको गोल’ भन्ने मुल नाराका साथ मछेली खेलमैदानमा सञ्चालन
प्रतियोगिताको दोस्रो दिन आइतबार अज तीन खेल सम्पन्न भएको हो।
जसमा दोस्रो दिन पहिलो खेल कृष्णपुर नगरपालिका वडा नं. ४ र कृष्णपुर नगरपालिका वडा नं. ७ बिच भएको खेलमा ४-१ गोल अन्तरले कृष्णपुर -४ लाई हराउदै कृष्णपुर -७ ले जित निकालेको छ। दोस्रो खेल बेदकोट नगरपालिका वडा नं. १० र कृष्णपुर नगरपालिका वडा नं. ९ बिच हुने भनिएको तर बेदकोट नगरपालिका वडा नं. १० अनुपस्थित भएपछि कृष्णपुर नगरपालिका वडा नं.०९ ले वाक ओभर पाएको थियो। भने उक्त दिनको अन्तिम अर्थात तेस्रो खेल कृष्णपुर नगरपालिका वडा नं.८ र कृष्णपुर नगरपालिका वडा नं. ६ बिच प्रतिस्पर्धात्मक भएको थियो। जसमा १-० गोलको अन्तरले कृष्णपुर-८ लाई हराउदै कृष्णपुर-६ ले पहिलो जित निकालेको छ।
उक्त प्रतियोगितामा कृष्णपुर नगरपालिका ९ वडाकै टिम र बाँकी छिमेकी पालिकाका टिम गरेर १४ टिम को सहभागि रहेको आयोजकले बताएको छ । खेल नक आउट आधारमा खेलाइने र प्रतियोगिता विजेता टिमलाई नगद ७५ र उपविजेतालाई ४१ हजार नगद सहित ट्रफि,मेडल प्रमाण पत्र हात पार्ने छन् । प्रतियोगिता मंसिर ३० देखि पुस ६ गते सम्म संचालन हुने छ। भने प्रतियोगिताको फाइनल खेल पुस ६ गते दिउँसो १ बजे हुने छ।



