आज अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च

काठमाडौं । बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

यो मूल्य हाल सम्मकै उच्च हो। गत मंगलबार डलरको भाउ १३३ रुपैयाँ ७४ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो । पछिल्लो रेकर्डभन्दा यो मूल्य १ पैसा बढी हो ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि ताेकेकाे विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर १४३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रूपैयाँ १६ पैसा तोकिएको छ ।

बिहीबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रूपैयाँ ७४ पैसा र बिक्रीदर १६७ रूपैयाँ ५० पैसा तोकिएको छ। अघिल्लो दिन स्टर्लिङ एकको खरिददर १६७ रूपैयाँ ३५ पैसा र बिक्रीदर १६८ रूपैयाँ ११ पैसा तोकिएको थियो ।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ २५ पैसा र बिक्रीमा ८७ रूपैयाँ ६५ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४३ पैसा पाइन्छ ।

यस्तै कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५ रूपैयाँ ६६ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा बिहीबार ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा भने २८ रूपैयाँ २९ पैसा र बिक्रीमा २८ रूपैयाँ ४२ पैसा पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

अदालतमा नयाँ अभ्यास: इजलासभित्रको बहस सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण

रास्वपाद्वारा राजनीतिक सिद्धान्त परिवर्तन, ‘सामाजिक लोकतन्त्र’ अङ्गीकार

निर्जीव कि सजीव ?!

spot_img

छुटाउनुभयो कि ?