काठमाडाैँ । साताको चौथो कारोबारकाे दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । दिनभर उचारचढावका बीच नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ विन्दुमा कायम भएको हो। यो ०.१३ प्रतिशत हो। सेन्सेटिभ इण्डेक्स ०.२५ प्रतिशतले बढेको छ।
२९२ स्क्रिप्टको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम भने मंगलबारको तुलनामा घटेको हो। मंगलबार नेप्से परिसूचक ३६.८६ अंकले बढ्दा ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँको सेयर खरिद बिक्री भएको थियो ।
सो दिन नेप्से बढेपनि सोमबारको तुलनामा कारोबार रकम घटेको थियो। सोमबार ४ अर्ब ८४ करोड बढीको सेयर कारोबार भएको थियो । दोस्रो कारोबार दिन सोमबार १५.४० अंकले घटेको सेयर बजारमा आइतबार भने तीनपटक सक्रिट ब्रेक लागेर दिनभरको कारोबार नै बन्द भएको थियो ।