१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

Breaking : कञ्चनपुरमा अवैध मेडिकल सञ्चालन गर्ने ९ जना भारतीय पक्राउ

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनीमा अवैध रुपमा मेडिकल पसल सञ्चालन गरी औषधी बिक्रि, बितरण तथा उपचार गर्ने ९ जना भारतीय नागरिक पक्राउ परेका छन्।

बुधबार (हिजो) अनाधिकृत मेडिकल सञ्चालन गर्ने ९ जना भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।

मेडिकल पसलहरुको खानतलासी गरी मेडिकल सञ्चालकसँगै औषधी र उपचार सामाग्री बराम गरिएको प्रहरीले जनाएको छ। दोधराचाँदनी नगरपालिका–७ कञ्चभोजबाट भारत उद्धमसिंह नगर खटिमाका २६ वर्षीय संजय बिश्वास, पिलिभित नौजलियाका ४६ वर्षीय राजेश बिश्वास, पिलिभित महाराजपुरका ४५ वर्षीय सन्तोश सरकारलाई पक्राउ गरिएको छ।

यसैगरी, दोधराचाँदनी नगरपालिका–४ लठाघाट चौराहाबाट भारत पिलिभित रानिकलौनी पोष्ट मजौलाका ४४ वर्षीय सुधान्सु हल्दार, भारत उद्धमसिंह नगर खटिमाका २३ वर्षीय रबि बिश्वास, दोधराचांदनी नगरपालिका–३ श्रेष्ठ चौराहाबाट उद्धमसिंह नगर खटिमाका ३२ वर्षीय कार्तिक सरदारलाई प्रहरीले पक्राउ गरेको छ।

यस्तै पक्राउ पर्नेमा उद्धमसिंह नगर कुतिया कभरका ३८ वर्षीय निवास गाइन, उद्धमसिंह नगर खटिमाका ४९ वर्षीय निरन्जन अधिकारी र खटिमाकै २५ वर्षीय भुपेन्द्र पुरी रहेका छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

प्रहरीले गोप्य सूचनाको आधारमा खानतलासी गरी उनीहरूलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?