एजेन्सी । अभिनेत्री राजोशी उर्फ पीलु विद्यार्थीका पुर्व पति बलिउड अभिनेता आशिष विद्यार्थीले हाल फेसन डिजाइनर रुपाली बरुवासँग दोस्रो विवाह गरेका छन् ।
पतिको दोस्रो विवाहमा उनकी पुर्व पत्नी उर्फ पिलुले इनिष्टा ग्राममा एक अनौठो स्टाटस सार्बजनिक गरेकी छन् ।
आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा स्टोरी सेयर गर्दै पीलुले लेखेकी छिन्,याद राख्नुहोस्,सही व्यक्तिले तपाईलाई उनीहरुका लागि के भन्न खोजेको हो भनेर कहिल्यै सोध्ने छैन । उसले त्यस्तो कुनै काम कहिल्यै गर्नेछैन,जसले तपाईलाई पीडा दिन्छ किनभने उसलाई यो थाहा हुनेछ ।’
आशिषको विवाहको तस्बिर सार्वजनिक भएको केही घण्टापछि अभिनेत्रीले यसप्रकारको पोस्ट सेयर गरेकी हुन् । पीलु प्रसिद्ध अभिनेत्री शकुन्तला बरुआकी छोरी हुन् ।
अर्कोतर्फ ६० वर्षको उमेरमा दोस्रो विवाह गरेकोमा आशिषले भने, ‘जीवनको यो चरणमा रुपालीसँग बिहे गर्नु मेरो लागि फरक अनुभूति हो । हामीले बिहान अदालती विवाह गरेका थियौं र बेलुका नजिकका मानिसहरूका लागि गेट टुगेदरको आयोजना गर्यौं ।’
आशिष विद्यार्थी बलिउड चलचित्रमा खलनायकको भूमिकामा परिचित छन् । सन् १९८६ देखि आशिष लगातार चलचित्रमा काम गर्दै आएका छन् । आशिषले हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायालम जस्ता ११ भाषामा अहिलेसम्म करिब ३०० फिल्ममा काम गरिसकेका छन् ।उनीहरु दुवैको एउटा छोरा छन् ।
पछिल्लो रिपोर्टलाई विश्वास गर्ने हो भने आशिष र रुपालीले एक क्लबमा कोर्ट म्यारिज गरेका थिए जसमा उनीहरुको परिवार र नजिकका साथीहरु पनि उपस्थित थिए ।














