मौन अवधि सुरु : शून्य सहनशीलता अपनाइने , नियम उल्लंघन गरे उम्मेदवारी खारेज हुने

काठमाडौँ : बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार मध्यरातदेखि ‘मौन अवधि’ सुरु भएको छ। निर्वाचन आयोगले मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्मका लागि प्रचारप्रसारमा पूर्ण रोक लगाएको हो। यस अवधिमा राजनीतिक दल र उम्मेदवारहरूले कुनै पनि सभा, भेला, छलफल वा सामाजिक सञ्जाल (फेसबुक,भाइबर आदि) मार्फत मत माग्न पाउने छैनन्।

​कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, मौन अवधिमा मतदातालाई प्रभाव पार्न आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजीका साथै ६ वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने गरी कडा कारबाही गरिनेछ। आयोगले मतदान केन्द्रको ३०० मिटर वरिपरि रहेका प्रचार सामग्री हटाउन निर्देशन दिँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन ‘शून्य सहनशीलता’ को नीति अख्तियार गरेको छ। यो समय मतदातालाई विवेकपूर्ण निर्णय लिन र सुरक्षा व्यवस्था चुस्त बनाउन महत्त्वपूर्ण मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?