२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

यू-१६ क्रिकेट इस्ट कपमा नेपालको विजयी सुरुवात

काठमाडौं । आजदेखि मलेसियाको युकेएम ओभलमा सुरु भएको पुरुष यू–१६ क्रिकेट इस्ट कपमा नेपालल् जिवयी सुरुवात गरेको छ । ओपनर प्रसिद्ध जैसीको अर्धशतकको मद्दतमा सिंगापुरले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । जैशीले ९७ बलमा नटआउट ५५ रन बनाए ।

पहिलो विकेटका लागि ओपनर सुर्याशु कोइराला र प्रसिद्ध जैसीले ८.१ ओभरमा ४१ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । ७ बलमा २ चौकाको सहयोगमा ९ रन बनाएका ओपनर सुर्यांशु रिटायर्ड हर्ट भए । विकेट किपर शिवांश बजगाई ९ रन बनाउँदै आकाश तेजाको बलमा क्याच आउट हुन पुगे ।

दोस्रो विकेटका लागि रौनक श्रीवास्तव र प्रसिद्ध जैसीले ८८ बलमा ६३ रनको साझेदारी गरेपछि नेपाल जित उन्मुख भएको थियो । ४४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४० रन बनाएका रौनक श्रीवास्तव आकाश तेजाको बलमा क्याच आउट भए ।

जोय थापा ४ रनमा आउट हुँदा सुगम बुढाथोकी शून्य रनमै पेबेलियन फर्किए । शुभम खनाल ९ रनमा नटआउट रहे ।सिंगापरका लागि आकाश तेजाले ३ विकेट लिँदा युभान पाण्डेले एक विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिगांपुर ३६.१ ओभरमा १ सय ३८ रन बनाउँदै अलआउट भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?