प्रकाशको नेतृत्वमा महासंघको चुनावमा जाने जनपत्रकार संगठनको निर्णय

काठमाडौं । जनपत्रकार संगठन नेपालको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले संगठनका पूर्वअध्यक्ष प्रकाश डुम्रेको नेतृत्वमा महासंघको निर्वाचनमा जाने निर्णय गरेको छ ।

शुक्रबार बुद्धनगरमा बसेको बैठकले प्रकाशको नेतृत्वमा बसन्त वि.क, शोभराज बराल, शाहस भट्ट, सुदर्शनराज पाण्डेलाई केन्द्रमा पठाउने निर्णय गरेको छ । आगामी जेठ २६ गते हुने निर्वाचनमा एलायन्सका लागि अरु संगठनहरुसँग छलफल गर्ने अध्यक्षको नेतृत्वमा कार्यदलसमेत गठन गरेको छ ।

कार्यदलमा उपाध्यक्ष जानकारी चौधरी र सल्लाहकार राजेन्द्र चिमौरिया लगायत रहेका छन् । शेरबहादुरको अध्यक्षतामा बसेको बैठकमा नेकपा स्थायी समिति सदस्य तथा संगठनका फ्याक्सन इन्चार्ज अनिल सीको प्रमुख आतिथ्यता रहेको थियो ।

बैंठकलाई सम्बोधन गर्दै अनिल सीले संगठन वैचारिक र राजनीतिक रुपमा बलियो भएकाले संगठनको जित निश्चित भएको बताए । साथै, उनले संगठनका सबै उम्मेदवारलाई सहयोग गर्न निर्देशन पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?