नेपालको संसद हल्ला र लुट मच्चाउने थलो हो : विप्लव सी

शोभराज बराल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको संसद जनतालाई ठग्ने थलोका रुपमा प्रयोग भइरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘शान्तिका लागि समाजवाद’ शान्ति ¥यालीलाई सम्बोधन गर्दै विप्लवले दलाल पुँजीवादको संसद जनतालाई ठग्ने, हल्ला गर्ने र लुठ मच्चाउने थलोका रुपमा परिणत भएको बताएका हुन् ।

उनले संसदमा कहिल्यै पनि जनताका समस्याहरुका विषयमा छलफल नभएको बताउँदै नेपालको संसदले दलालहरुको प्रतिनिधित्व गरेको जिकिर गरे । ‘नेपालको संसदमा कहिल्यै किसानको बारेमा कुरा भएको छ, कहिल्यै बेराजगारी समस्याका बारेमा कुरा भएको तपाईंलाई थाहा छ ।’, सम्बोधन गर्दै उनले भने, ‘यो संसदले तैले यति खाइस, तैले उलिखाइस भनेको छ । नेताहरुको पोल खोलालोल गरेको छ । दलाल पुँजीवाद भनेको यही हो । यसले जनताका समस्याहरुको समाधान गर्दैन ।’

विप्लवले सरकारलाई काम गर्न नदिएर झन समस्यामा पारेको बताए । ‘यो देश कस्तो हो के, एउटा प्रधानमन्त्रीले हरेक महिना विश्वासको मत लिनुपर्ने । यता मिलायो, उता मिलायो । सबै समय मिलाउँदै गएको छ ।’, उनले भने, ‘यस्तो भएपछि प्रधानमन्त्रीले जनताको काम कसरी गर्नसक्छ ? यो एउटा व्यक्तिको मात्र समस्या होइन । समग्र सिस्टमको समस्या हो । यसको अन्त्य गर्दै नेपाली विशेषताको समाजवादमा जानुपर्छ । त्यहाँ हुन्छ शान्ति, त्यहाँ हुन्छ जनताका समस्याहरुको समाधान ।’

विप्लवले अमेरिकाले विभिन्न देशहरुमा युद्धा लादिरहेको बताउँदै नेपालमा पनि त्यो खतरा देखिएको जिकिर गरे । नेकपा केन्द्रीय समितिले आयोजना गरेको ¥याली शान्तिबाटिकाबाट सुरु भएर इन्द्रचोक, असन, क्षेत्रपाटी, ठमेल, थहिटी, जमल घण्टाघर हुँदै पुनः शान्तिबाटिमा आएर कोणसभामा परिणत भएको थियो । ¥यालिमा समाजवादको नाराले सुख पाउँछ साराले, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जारी छ, नेपाली विशेषताको समाजवाद जिन्दावाद, वीर सहिदहरु लाल सलाम, गो ब्याक अमेरिका, गोब्याक एमसीसी, अमेरिकी पाराले दुःख पायो साराले लगायतका नारा लगाएका थिए ।

¥याली पछिको कोणसभालाई नेकपा पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला सीले संचालन गरेका थिए । कार्यक्रममा पोलिटब्युरो सदस्य कृति सी, कान्छाराम सी, केन्द्रीय सदस्यहरु प्रेम सी, भृकुटी सी, आरोह सी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सामना सांस्कृतिक परिवारले आफ्नो बेजोड प्रस्तुति प्र्रस्तुत गरेको थियो । साथै रसुवाबाट आएको सांस्कृतिक टिमले मौलिक झाँकी प्रस्तुत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?