२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

सिरोहियाको सर्वोच्चमा निवेदन ! अदालतले गृह मन्त्रालयसँग माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालत बाट न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृह मन्त्रालयलगायत जिल्ला प्रहरी कार्यालय धनुषाको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि धरपकड र उनको नागरिकता छानबिन गर्नुपर्ने कारण पेस गर्न गृह मन्त्रालयका नाममा आदेश जारी गरेको हो ।

सिरोहियाले अन्तरिम आदेशसमेत माग गरेको भन्दै सर्वोच्च अदालतले त्यसबारे छलफल गर्न आगामी शुक्रबार (२८ वैशाख)मा अन्तरिम आदेश छलफलका लागि झिकाउन आदेश दिएको छ । सरकारले आफूमाथि धरपकड गर्न खोजेको भन्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

आफ्नो नागरिकता छानबिनका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएको र त्यसक्रममा धरपकड हुनसक्ने भन्दै उनले त्यसलाई रोक्न अन्तरिम आदेशको माग गरेका थिए ।

आफूले सञ्चालन गरेको सञ्चार माध्यमको सामग्रीका कारण आफूमाथि प्रतिशोध साँध्न खोजिएको र नागरिकताको बहानामा आफूलाई पक्राउ गरी हतोत्साहित गर्न खोजिएको सिरोइयाको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?