हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन हाकिम विष्णु बहादुर शाहीसहित ७ जनाविरुद्ध मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाटो निर्माण कार्यमा अनियमितता गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै इन्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढा, वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष शालिग्राम ऐडी, उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडीलाई पनि प्रतिवादी बनाइएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा निर्माण स्थलको वास्तविक तथ्य बङ्ग्याइ भए गरेको कार्यभन्दा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरे÷नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्य सम्पन्न प्रतिवेदन तयार तथा स्वीकृत गरी दुई लाख बाइस हजार पाँच सय तीन रुपैयाँ सत्र पैसा बढी भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर वली, असिस्टेन्ट सव इन्जिनियर बुढा, उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षबाट २ लाख २२ हजार बिगो मागदाबी गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?