कञ्चनपुर , मंसिर २४ : आफूलाई नेकपा माओवादी केन्द्र निकट वाइसियलको नेता बताउने कञ्चनपुर भिनपा ५ का लोकेन्द्र विक बिरुद्द माओवादीमै उजुरी परेको छ । गत २१ गते महेन्द्रनगर आएका माओवादी महासचिव देव गुरुङलाई पीडितहरुले कारबाहीको माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।
जिल्लाको भिनापा ५ सुकासाल वस्ने शान्ति देवी पार्की,ऐ. ऐ. रवि कोली,ऐ. ऐ. पुष्कर राज भट्ट ,भी.न.पा. वडा नं. १० बस्ने कलावती लुहार ,भी.न.पा. वडा नं. १९ वागफाँटा बस्ने दान बहादुर शाहा ,जानकी देवी कुँवर ,भी.न.पा. वडा नं. १० बस्ने सीता सार्की लगायतका पीडितहरुले आफ्नो घर जग्गा विभिन्न मिति र समयमा मिटरव्याजको माध्यमबाट आफ्नो नाउमा नामसारी गरी हाल निज लोकेन्द्र विकले जबर्जस्ती कब्जा गरेको आरोप लगाएका छन ।
मीटरब्याजी भनिने लोकेन्द्र विक विरुद्ध आफूहरुले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पटक पटक उजुरी र छलफल गर्दा पनि प्रहरी प्रशासनले कुनै कारबाही अगाडि नबढाएको पीडितले ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।
“म माओवादीको नेता हो, अहिले मेरो पार्टीको सरकार छः म वाइसियलको केन्द्रीय नेता हो भन्दै हामीहरुलाई विभिन्न मिति र समयमा धाक धम्की दिदै आएको र उल्टै हामीलाई निज अन्यायीकै मौखिक सूचनाको आधारमा विना कारण एक दिन प्रहरी हिरासतमा समेत राखेको ब्यहोरा अवगत गरिन्छ। निज अन्यायी लोकेन्द्र राम बिकका विरुद्ध जिल्ला प्रशासन कार्यालय कञ्चनपुर तथा जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा समेत जाहेरी मुद्दा पेश गरेतापनि निजकी पहुंच कै आधारमा जिल्ला प्रहरी कायालयले समेत जाहरी दर्ता गर्न अनेक बहाना र निह बोज्दै हामीले जाहेरी पत्र गरेको महिनौ विती सक्दा समेत उक्त जाहेरीहरु दर्ता नगरी आलटाल गरेपछि हामी अन्यायमा परेका हौं ”ज्ञापनपत्रमा भनिएको छ ।
मीटरब्याज बाट पीडित भएकाहरूले आफूलाई न्याय दिलाउन पार्टीले आबस्यक पहल गरिदिनु समेत माग अगाडि सारेका छन् ।
वाइसियल केन्द्रीय लेखा आयोग समिति सदस्य रहेका लोकेन्द्र विक भने आफूले कसैको पैसा हिनामिना नगरेको बताउँछन् । उनले युग प्रेस संग कुरा गर्दै भने,“ केही मान्छे संग लेनदेनको हिसाब थियो त्यही विषयलाई लिएर मेरो चरित्र हत्या गर्न खोजिएको हो ।”कसैलाई मैले अन्याय गरेको भए सम्बन्धित निकायमा गएर कारबाही गरे हुन्छं नी , उनले भने ।
पीडितले देव गुरुङलाई दिएको ज्ञापन पत्र :