२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

बेदकोट नगरपालिकामा लैंगिक हिंसा विरुद्धको अभियान समापन, हिंसा रोक्न सबैको जोड

कञ्चनपुर, मंसिर २४ : कञ्चनपुरको बेदकोट नगरपालिकामा ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस २०२३ तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन र समीक्षा बैठक नगरपालिकाका नगर प्रमुख भोजराज बोहोराको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । आईतवार नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा हिंसा विरुद्धको १६ दिने अभियानमा भएका उपलब्धि र चुनौतीको विषयमा छलफलात्मक समीक्षा गर्दै अभियान समापन भएको हो ।

कार्यक्रममा सम्बोधनका क्रममा नगर प्रमुख भोजराज बोहोराले लैंगिक हिंसाका घटना विगतको भन्दा वर्तमान समयमा घट्दै गएको बताए । समाजमा हिंसाका घटना एकैपटक परिवर्तन हुने नभई बिस्तारै सुधार हुँदै जाने उनको भनाइ छ । प्रमुख बोहोराले भने , “ समाजमा लैंगिक हिंसाका घटना महिला र पुरुष दुवैबाट हुने गरेको छ । सबैभन्दा पहिले हरेक नागरिकले सकारात्मक सोच राख्नुपर्ने आबस्यकता छ ।” लैंगिक हिंसाको अभियान औपचारिकतामा सीमित राख्नु भन्दा जनमुखी र हिंसा कम गर्न प्रत्यक्ष लाभदायी बनाउनुपर्ने सुझाव पनि व्यक्त गरे ।

महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख राधिका पन्तले १६ दिने अभियानमा भएका उपलब्धिहरुको प्रगतिविबरण प्रस्तुत गरेकी थिइन् । उनले हिंसा विरुद्ध बेदकोट नगरपालिका लगायत विभिन्न संघ संस्थाको सहकार्यमा भएको अभियान समाजमा हिंसा न्यूनीकरण गर्नका लागि प्रभावकारी भूमिका खेल्ने आशा रहेको व्यक्त गरिन् । १६ दिने अभियानबाट ४७५ जना महिलाहरुलाई हिंसा रोक्न जनचेतना अभिवृद्धि गराउने कार्य भएको उनले बताइन् ।

मनोपरामर्शदाता द्वारिका कुँवरले मनोसामाजिक समस्याका कारण समाजमा थुप्रै मान्छेले आत्मा हत्या सम्म गर्ने अवस्था छ यसको न्यूनीकरण गर्न अभियान मार्फत भएको प्रयासले दूरगामी महत्व राख्ने बताइन् । गाउँ समाजमा मनोसामाजिक समस्याको समाधान गर्न नगरपालिकाले मनोपरामर्शदाता राख्नुपर्ने धारणा राखिन् ।

कार्यक्रममा बोल्दै स्विट नेपाल कञ्चनपुरका अध्यक्ष अमित तिरुवाले समाजमा मानिसको चेतनास्तर बढाउनु जरुरी छ । हिंसा विरुद्धको लडाइँमा महिला र पुरुषको समान सहभागिता आबस्यक रहेको उनको भनाइ छ । त्यसै गरी बेदकोट ५ काअध्यक्ष चित्रदेब भट्टले अघिल्लो वर्षमा हुने अभियान भन्दा यस वर्ष फरक ढंगले अभियान परिचालन भएको बताए । वडाको बजेटले भ्याए सम्म समाजमा लैंगिक हिंसा कम गर्न लाग्ने उनले प्रतिबद्धता व्यक्त गरे ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम राज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्विट नेपाल कञ्चनपुरकी प्रतिनिधि मीना आउजी ले गरेकी थिइन् । हिंसा विरुद्धको १६ दिने अभियान बेदकोट नगरपालिकाले स्वीट नेपाल कञ्चनपुर , निडस नेपाल लगायत अन्य संस्थाको सहकार्यमा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?