१५ बैशाख २०८२, सोमवार
१५ बैशाख २०८२, सोमवार

कञ्चनपुरका क्यारिङ गर्नेको माग : राजस्व काटेर सामान ल्याउन देऊ

कञ्चनपुर , मंसिर २० : कञ्चनपुर मा क्यारिङको व्यापार गर्नेहरूले आफूलाई सामान ल्याउन दिनुपर्ने माग राखेका छन् । जिल्लाको भारत संग जोडिएको गड्डाचौकी सीमा नाकाबाट भन्सार कार्यालय कञ्चनपुरले राजस्व काटेर सामान नेपाल भित्रिन दिनुपर्ने माग राखेका हुन ।

विगत देखि भारतको वनबसाबाट साइकलमा व्यापार गर्नेमाथि भन्सार कार्यालय कञ्चनपुरले रोक लगाए पछि क्यारिङकर्ता आन्दोलित बनेका छन् । कञ्चनपुरका विभिन्न स्थानीय तहका जनताहरू साइकलबाट सामान ल्याएर नेपालमा बिक्री गरी आफ्नो दैनिकी चलाउदै आएका छन् । उनीहरूलाई विगतमा समान ल्याउन दिएको भन्सार कार्यालय कञ्चनपुरले केही समय अघि कानूनी अड्चन देखाउँदै सामान ल्याउन बन्द गरिदिएको हो ।

भन्सार कार्यालयको सो निर्णयको बिरोध स्वरुप क्यारिङकर्ताले आज श्रमिक मजदुर संघको कार्यालय महेन्द्रनगरमा बैठक गर्दै आफूहरुले भन्सार कार्यालयलाई कानुनी रुपमा राजस्व तिरेर आफूहरुले निर्धारित सामानहरूको आयात गर्नु दिनुपर्ने माग अगाडि सारेका छन् । क्यारिङकर्ता राधिका धामीले आफूहरु १०/१५ वर्ष देखि यो काम गर्दै आफ्नो जीविका चलाउने गरेका थियौ र अहिले एक्कासी यो बन्द भए पछि आफूहरु समस्यामा परेको बताइन् । उनले भनिन् ,“ हामी अवैधानिक रुपमा नभई वैधानिक हिसाबले काम गर्छौ यसको प्रबन्ध सम्बन्धित निकायले गरी दिनुपर्यो ।’ प्रहरीको नाममा बिना ड्रेसमा केही मान्छेहरूले बीच बाटोमा पैसा माग्ने गरेको पनि उनले खुलासा गरिएकी छन् । उनले भनिन्, “हामी प्रहरीलाई दोष दिन चाहँदैनौं तर केही मान्छेले नहीं सँग प्रहरीको नाम जोडेर पैसा माग्ने गरेको छ ।’

त्यसैगरी अर्का क्यारिङकर्ता पूजा पहरीले पनि आफूहरुलाई राज्यले अनावस्यक दुःख दिएको बताइन्। राज्यले हामी गरिखाने महिलाहरु माथि अन्यया गरिएको छ , उनले भनिन् ।” जसरी पनि भन्सार कार्यालयले क्यारिङ गर्न दिनुपर्ने उनीहरूको माग छ । अन्यथा आफू हरु आन्दोलनमा उत्रने क्यारिङकर्ता पुजा पहरीले भनिन् ।

कानुनी रुपमा नै साइकलमा व्यापार गर्नेको हकमा आफूहरुले राजस्व काट्न नमिल्ने भन्सार कार्यालय कञ्चनपुरको भनाइ छ । स्थानीय सरकारले संघीय र प्रदेश सरकारको अधिनमा आफ्नो क्षेत्राधिकार भित्र राजस्व नियमन , नियन्त्रण र प्रवर्द्धन गर्ने अधिकार भए पनि स्थानीय तहले भने यो विषयमा खासै चासो दिएको देखिदैन । यही विषयलाई लिएर क्यारिङकर्ताले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रायजसो सयौको संख्यामा कञ्चनपुरका महिलाहरु साइकलमा भारतबाट सामान आयत गरेर यता बिक्री गरी जीविकोपार्जन गर्ने गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?