३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

सोती हत्या प्रकरण : सुनुवाइ सकियो आजै फैसला आउनसक्ने सम्भावना

काठमाडौं,१९ मंसिर । २०७७ जेठ १० गते ६ जनाको हत्या भएको नरसंहारकारी सोती घटनामा जिल्ला अदालतमा परेको मुद्दाको सुनुवाइ सकिएको छ ।

०७७ जेठ १० मा घटेको उक्त घटनामा छ जनाको ज्यान गएको थियो । उक्त मुद्दामा आइतबारदेखि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्कबहादुर केसीको इजलासमा सुनुवाइ सुरु भएको थियो ।

आइतबार पीडिततर्फ सरकारी वकिलसहित ९ जना वकिलले बहस गरेका थिए। आजसम्म पीडितका तर्फबाट १६ जना र प्रतिवादीका तर्फबाट ५ जनाले बहस गरेपछि सुनुवाइ सकिएको हो । मुद्दाको सुनुवाइ सकिएसँगै आजै साँझसम्ममा फैसला आउन सक्ने सम्भावना रहेको एक कानून व्यवसायीले जानकारी दिए ।

आइतबारबाट सुनुवाई सुरु भएपनि पीडित परिवार तथा आफन्त र दलित अधिकारकार्मीहरु शनिबारदेखि नै अदालत परिसरमा धर्नामा बसिरहेका छन् । उनीहरुले छिटो सुनुवाइ सकेर फैसला सुनुवाउन माग गरिरहेका छन् । मुद्दाको सुनुवाइ सकिएको र फैसला सुनुवाउने तयारी भएपछि अहिले अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाईएको छ । त्यहाँ बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

साढे ३ वर्षअघि जाजरकोट भेरी नगरपालिका–४ का मृतक नवराज विक आफ्नी प्रेमिकालाई लिन साथीहरुसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती पुगेका थिए ।

उनकी प्रेमिका मल्ल थरकी थिईन् । नवराज र ती मल्ल थरकी युवतीबीच लामो समयदेखि प्रेम सम्बन्ध भएपनि जात नमिल्ने भएकाले विवाह हुन नदिने आफन्तको तयारी थियो । अर्कोतर्फ नवराज विक लगायत आउँदै गरेको कुरा युवतीको घरमा थाहा थियो । युवतीका आफन्तले सोही वडाका तत्कालीन वडाअध्यक्ष डम्बरबहादु मल्लसँग सल्लाह लिएर जसरी भएपनि विवाह हुन नदिने योजना बनाए ।

सोही योजना अनुसार उनीहरुले नवराज विक, उनीसँगै गएका लोकेन्द्र सुनुवार, सन्दीप विक, गणेश बुढा, टीकाराम सुनुवार र गोविन्द शाहीको निर्ममतापुर्वक हत्या गरे । गाउँलेको कुटाइ र लखेटाइबाट भेरी ज्यान बचाउन भेरी नदीमा पसेका उनीहरुको त्यही मृत्यु भएको हो । सो घटनामा अन्य १२ जना घाईते भएका थिए ।

उक्त घटनामा ३४ जना विरुद्ध अभियोजन दर्ता भएको थियो । उनीहरुलाई प्रहरीले फरक–फरक समयमा पक्राउ गरेको थियो भने सो घटनामा अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?