काठमाडौं । मेडिकल व्यवसायी एवम् राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाइँले चढ्ने गरेको ल्याण्डक्रुजर भि ८ गाडी अब एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रयोग गर्ने भएका छन् ।
एमालेको मंसिर १४ देखि सुरु हुन लागेको ‘समृद्धिका लागि संकल्प यात्रा’ नामक अभियानका क्रममा ओलीले उक्त गाडी चढ्ने बताइएको छ ।
बा २४ च १०१ नम्बरको उक्त ल्याण्डकु्रजर गाडी प्रसाइँ हुँदै एमाले निकट युवा संघका उपाध्यक्ष अमित लामाको स्वामित्वमा आएको थियो । आर्थिक लेनदेनमा हिसाब नमिलेपछि लामाले गाडी आफ्नो बनाएका थिए ।
बताइएअनुसार लामाबाट प्रसाइँले मिटरब्याजमा केही रकम लिएका थिए । जसको भुक्तान गर्न नसकेपछि लामाले गाडी बलपूर्वक नै आफ्नो स्वामित्वमा ल्याएका हुन् ।
प्रसाइँबाट लामाले लिएको गाडी नेपाली बजारमा ६ करोड रुपैयाँभन्दा बढी मूल्य पर्दछ । जुन गाडी लिएपछि पनि लामाले अझै केही रकम बाँकी रहेको कुरा बताउने गरेका छन् ।
एमाले र युवा संघबीच सतहमै विवाद देखिएकै बेला गाडी लेनदेनको कारोबार भएको थियो । यो समाचार सुत्रन्युज बाट साभार गरिएको हो । यो सामग्री तयार पार्नमा हाम्रो कुनै संलग्नता छैन ।