शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उदघाटन

कञ्चनपुर , मंसिर ०२ : कञ्चनपुरको झलारीमा रहेको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उदघाटन भएको छ । शनिबार एक कार्यक्रमका बिच नेपाल सरकारका परराष्ट्र मन्त्री एनपी साउदद्वारा उदघाटन गरीएको हो ।

नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले सेवाग्राहीको सर्वोत्तम हितलाई मध्यनजर गर्दै सुविधा सम्पन्न भवन निर्माण गरिएको बताए । पुरानो भवनमा कोठा संख्या कम भएका कारण एकै कोठामा धेरै फाँटहरू राख्नु पर्ने वाध्यता थियो अब त्यो समस्या हट्ने विश्वास लिएको नगर प्रमुख महराको भनाइ छ ।

प्रशासकीय भवनको उदघाटन सँगै अब नगरपालिकाले नयाँ भबन बाटै सेवा दिने भएको छ ।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराको अध्यक्षतामा भएको नवनिर्मित प्रशासकीय भवनको उदघाटन तथा प्रवेश समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी परराष्ट्र मन्त्री एनपी साउदले एउटा मन्त्रालय स्तरको सुविधा सम्पन्न भवनबाट जनतालाई सेवा प्रवाह गर्दा सेवाग्राहीलाई सहज हुने बताए । समारोहको सम्बोधनका क्रममा मन्त्री साउदले शुक्लाफाँटा नगरपालिकाको विकास र समृद्धिको लागि आफू सदैव सहयोग गर्न तयार रहेको प्रतिबद्धता जाहेर गरे । उनले शुक्लाफाँटा आरक्ष पीडितको समस्या यस पटक गठन भएको अधिकार सम्पन्न न्यायिक आयोगले समाधान गर्ने विश्वास पनि दिलाएका छन् ।

उदघाटन समारोहमा कञ्चनपुरका स्थानीय तहका जनप्रतिनिधि लगायत अन्य सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

२०७६ सालमा ठेक्का सम्झौता भएको उक्त भवन शर्मा एण्ड कम्पनीले निर्माण कम्पनीले बनाएको हो । जम्मा ५१ कोठा भएको उक्त प्रशासकीय भवनको कुल लागत १० करोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?