१४ मंसिर २०८०, बिहिबार
१४ मंसिर २०८०, बिहिबार
spot_img

जब भूकम्प पीडित ‘बोल्न नसक्ने कले कामिको घर बन्यो …’

जाजरकोट,कार्तिक २६ : गत कार्तिक १७ गते राति जाजरकाेटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पले मुख्य गरी जाजरकोट र रुकुम पश्चिममा ठूलो संख्यामा मानवीय र भौतिक क्षति हुन् पुगेको छ । भूकम्प पीडितको उद्दार , उपचार तथा राहत वितरणमा यति बेला सरकारी , गैर सरकारी संस्थाहरु , राजनीतिक दलहरु लागिरहेका छन् ।

- Advertisement -

सरकारले राहत वितरणको कार्य एकद्वार प्रणाली मार्फत गर्ने निर्णय गरे यता विभिन्न संघ संस्थाले जाजरकोट जिल्ला प्रशासन कार्यालयको विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गरिरहेका छन् ।

यसै सन्दर्भमा राहत सामग्री सहित भूकम्प पीडितको उद्दारका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी जाजरकोट र रुकुम पश्चिम हुँदै सल्यानको यात्रामा छन् । शुक्रबार (कार्तिक २४) राति जाजरकोट पुगेका विप्लवले आफूले ल्याएको करिब १ करोड बराबरको राहत सामग्री जाजरकोट जिल्ला प्रशासन कार्यालयलाई बुझाएका छन । त्यस पश्चात विप्लव शुक्रबार राति करिब १० बजे जाजरकोटको नलगाड नगरपालिका १ चिउरी गाउँमा पुगेका थिए । जहाँ नेकपाको दक्षिण कर्णाली ब्युरो समिति केही दिन अगाडि देखि नै शिविर राखेर पीडितको उद्दारमा खटिएको थियो । अरु ठाउँ स्वास्थ्य शिविर राखेर आइसकेको नेकपा निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको डा. प्रकाश सी नेतृत्वको टोली पनि सोही चिउरी गाउँमा घाइते तथा बिरामीको उपचारमा लागेको थियो ।

महासचिव विप्लव पुगे पछि सो क्षेत्रको वस्तु स्थिति बारे भूगोलमा खटिएका नेकपा नेताहरुले जानकारी गराए । राती विप्लवलाई भेट्न आएका जनताले उनी संग संवाद पनि गरे । विप्लव राती पुगेका कारण त्यस दिन अन्य कुनै कार्यक्रमको तालिका थिएन ।

घर निर्माणमा नेताहरु

 

शनिबार (कार्तिक २५) बिहानै महासचिव विप्लवले चिया नखाई नै नलगाड न.पा १ स्थित कले कामीको अस्थायी टहरा (घर) बनाउने कार्यको थालनी गर्नु भयो । कामीको भत्किएको घरबाट समान हरु निकाल्ने कार्य नेकपा कार्यकर्ताले शुक्रबार नै गरी सकेका थिए । काठको अस्थायी टहरा बनाउन महासचिव विप्लव र पार्टीका प्रवक्ता प्रकाण्ड स्वयम् खट्नु भयो सँगसँगै जनता र पार्टीका कार्यकर्ता पनि घर पुनर्निर्माणको कार्यमा जुटेका थिए । मुखले बोल्न नसके पनि कले कामी चाई असाध्यै खुसी देखिन्थे । कामिका छोराहरू न रैछन । छोरीहरू पनि बिहे गरेर आफनै घर तिरै बस्ने रैछन । उनकी श्रमती पनि रहिनछन् । घरमा करिब ५० वर्ष कटी सकेका कले कामी एक्लै रहेछन । उनको साहरा कोई नरहेछ । भूकम्प गएको राती पनि उनी च्यापिएका रहेछन र पछि गाउँले हरुले उनलाई निकाले पछि मात्रै उनी बच्न सफल भएको स्थानीयले जानकारी दिए । तर कले बोल्न नसके पनि दिमाकले चाहिँ एकदमै चलाख देखिन्थे । नेकपाले पुर्ननिर्माण गर्न लागेको उनको घर बनाउन यसो गर उसो गर भनेर निर्माणकर्तालाई कले कामीले बेला बेलामा इसाराले सुझाव दिए जस्तो गर्थे । बिहे भइसकेकी कले की एउटी छोरीले उनलाई सहयोग गरिरहेका थिइन् तत्काललाई !


कले कामीको भत्किएको घरबाट समान निकाल्दै नेकपा कार्यकर्ता 

नेपाल कम्युनिस्ट पार्टीले केही त्यहाँ भएको काठ प्रयोग गरी बाँकी छानोको टिन, बास लगायतका सामाग्री आफनै लगानीमा लगाएको थियो । नेकपा नेताहरु विप्लव – प्रकाण्ड लगायत सबैले दिनभरि श्रम गरी साँझ तिर बल्ल घरको संरचना तयार भयो । कले कामी पनि पुनर्निर्माणको काममा सबैलाई सघाउँदै थिए र उनी हर्षित पनि देखिन्थे । कलेलाई मेरो घर नेपाल कम्युनिस्ट पार्टीले बनाउँदै छ भन्ने थाहा भएको रहेछ । भन्ने गरिन्छ कसैले दुःखको बेला कसैको सहारा बन्नु हरेक सचेत नागरिकको कर्तव्य हो । त्यसैमा कुनै सहारा नभएको बेसहारा अशक्तको सहारा बन्नु झन् कति गर्विलो कुरा रहेछ कुन्नि ? त्यो गर्वको क्षण कले कामीको अनुहारमा प्रस्ट देखिन्थ्यो उनी नबोले पनि बोले भन्दा झन् स्पष्ट । अस्थायी टहरा निर्माणको कार्य सकिनै लागेको थियो । कले इसाराले भए पनि सबैलाई धन्यवादको भाव प्रकट गरिरहेका थिए । अन्तिममा उनले आफ्नो हँसिलो भाव प्रकट गर्दै नेकपा महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड प्रति अङ्गित गर्दै लाल सलाम ठोके र सायद आफ्नो तर्फबाट त्यसै मार्फत अन्तिम आभार व्यक्त गरे ।

कले कामी खुसीले लाल सलाम गर्दै

विपतका बेलामा त्यो सहयोग उनको लागि नसोचेको थियो र गाउँलेहरूले पनि अशक्तको घर निर्माण गरिदिएकोमा नेपाल कम्युनिस्ट पार्टी प्रति धन्यवाद नै व्यक्त गरे ।

  घर निर्माणमा जुटेका विप्लव सहितका नेताहरु

महासचिव विप्लवले बनाइएको अस्थायी टहरा आज आईतवार एक कार्यक्रमका बीच कले कामीलाई हस्तान्तरण गरेका छन् । सो क्षेत्रमा महासचिव विप्लवले पीडितहरुलाई राहत वितरण तथा पीडितहरु संग भेटघाट गरेका छन् । केही समय पछि सोही क्षेत्रमा भूकम्पले भत्किएका घर निर्माण गर्न आफ्नी पार्टीले जनशक्ती परिचालन गरी अरु घरहरु पनि निर्माण गरिदिने बताएका छन् । नलगाड १ चिउरी गाउँमा अहिले सम्म सबै घरहरू भत्किएका छन भुकम्पकै कारण उक्त गाउँमा हाल सम्म १३ जनाको ज्यान गएको छ । घरहरु भत्किएकै कारण अहिले त्यहाँका सबै मानिसहरू पाल मुनि बस्न बाध्य छन् ।

 

नेकपाले निर्माण गरेको कले कामीको घर उनलाई हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?