१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

रवि र गगनले स्टन्ट गरेको ठाउँमा नेकपाको उद्दार सहितको स्वास्थ्य शिविर

जाजरकोट । जाजरकोटका भूकम्प पीडित जनताको उपचार तथा उद्दारमा नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्युरो समिति खटिएको छ ।

जिल्लाको नलगाड नगरपालिका १ मा भूकम्पले चोटपटक लागेको तथा घाइते भएका जनताको चिकित्सकीय टोलीले उपचार र उद्दार गरिरहेको नेकपा दक्षिण कर्णाली ब्युरो समिति इन्चार्ज संगम सी ले जनाएका छन् ।

नलगाड नगरपालिका १ चिउरी गाउँमा शिविर राखेर बिरामीको उपचार तथा भत्किएको घरहरु भित्र रहेका समान सार्ने लगायत जनतासँगको सहकार्यमा उद्दार कार्य गरिरहेको नेकपा जाजरकोट इन्चार्ज विराजन सी ले बताए । सरकारले एकद्वार प्रणाली मार्फत राहत वितरण गर्ने नाममा स्थानीय निकायले पार्टीका कार्यकर्तालाई मात्रै प्राथमिकता राखेको उनको भनाइ छ । नेता वीराजनका अनुसार जाजरकोटको खलंगा र नलगाड गरी दुई ठाउँमा नेकपाको उद्दार टीम शिविर बसेको छ ।

सोही ठाउँमा कार्तिक २३ गते नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आएर स्टन्ट गरेर गएको स्थानीयको गुनासो छ । हिजो नलगांड नगरपालिका १ मा कार्यकर्ताको टोली सहित पुगेको गगन थापाको टिमले एउटै ठाउँमा अस्थायी टहरा निर्माणको नमूना बनाउने नाममा झण्डै ४ घण्टा बसेका थिए । महामन्त्री थापा फोटो खिचाउँदै पत्रकार संग बोल्दै फर्किएका थापाले जनतालाई अस्थायी टहरा बनाइदिने आश्वासन भने दिएका छन् । सभापति रवि लामिछानेले पनि सरकारले एकद्वार प्रणाली मार्फत राहत वितरण गर्ने भएका कारण आफूहरुको हातमा केही नभएको बताउँदै फर्किएको एक स्थानीय युवाले बताए । तर सोही ठाउँमा नेकपा भने निरन्तर शिविर सहित खटिरहेको छ ।

नेकपाले कार्तिक १८ गते देखि २५ जनाको टीम इन्चार्ज संगम सी को नेतृत्वकोमा जाजरकोटमा खटेको छ । आज सम्म नेकपाले ३० वटा घरबाट समान उद्दार गरिएको उद्दारमा रहेका नेकपा केन्द्रीय सदस्य हिमशिखर सी ले बताए ।

अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव डा. प्रकाश सी को नेतृत्वमा जाजरकोटका रहेको स्वास्थ्य शिविरले जाजरकोटको नल लगाड वडा नं ५ रानीगाउँ र वडा न १ चिउरी गाउँ गरी २९८ भूकम्प पीडित घाइते बिरामीलाई उपचार गरिसकेको छ ।

नलगाड नगरपालिका वडा नं १ का अध्यक्ष धन बहादुर महरले भूकम्पले २७ जनाको मृत्यु र वडाका लगभग सबै जसो घरहरु भत्किएको बताए । वडा अध्यक्ष महरका अनुसार राहत वितरणको कार्य भइरहेको र पीडित परिवारको व्यवस्थापनको लागि पहल भइरहेको छ ।

भूकम्प पीडित स्थानीय प्रसादे कामिका अनुसार वडाले वितरण गरेको राहत समान रूपले वितरण नभएको बताए । अरूले अस्थायी टहरा निर्माणको लागि त्रिपाल पाए पनि आफूले भने नपाएको गुनासो गरे । भूकम्पले सबै जसो घरहरु भत्किए पछि नलगाड १ का जनता चिसोमा पनि पालमा बस्न बाध्य छन् ।

जाजरकोटका पीडित परिवारको राहत स्वरूप नेकपा केन्द्रीय समितिले २५ क्विन्टल चामल र १ लाख दिने घोषणा गरेको छ ।

भेरी नगरपालिका,नलगाड नगरपालिका , बारेकोट नगरपालिका र कुसे गाउँपालिका भूकम्पले ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति पुर्याएको छ ।

नोट : फिल्ड रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?