१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

नेपालका भूकम्पपीडितलाई थप २८ करोड सहयोग गर्ने चीनको घोषणा

काठमाडौँ । छिमेकी देश चीनले नेपालका भूकम्पपीडितहरूलाई थप करिब २८ करोड रूपैयाँ राहत सहयोग घोषणा गरेको छ । नेपालस्थित चिनियाँ राजदूत छन सोङले आज (मंगलबार) सामाजिक सञ्जाल एक्समार्फत थप सहयोग रकमको घोषणा गरेका हुन् ।

चीनले यसअघि नै गत शुक्रबार आएको भूकम्पपछि ठूलो मानवीय र भौतिक क्षति भोगेका जाजरकोट र रूकुम पश्चिमका प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको थियो । उक्त राहत सामग्रीको पहिलो खेप सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेको छ ।

चीनले नेपालका लागि थप राहत कार्यक्रम घोषणा गरेको हो । राजदूत सोङका अनुसार नेपालका भूकम्पपीडितका लागि रेडक्रस सोसाइटी अफ चाइनले १३ मिलियन आरएमबी अर्थात् नेपाली एक करोड ३३ लाख १० हजार ६० रुपैयाँ सहयोग दिने भएको छ ।

चिनियाँ रेडक्रसले दिने यो नगद सहयोगलाई चीनले आपतकालीन नगद सहयोग भनेको छ । जसलाई नेपालका भूकम्पपीडितको राहतमा खर्च गरिने भएको छ । त्यसैगरी चीन सरकारको तर्फबाट थप १५ मिलिनय आरएमबी अर्थात् नेपाली २६ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको राजदूत सोङले बताए ।

उनका अुनसार यो रकम नेपालका भूकम्पपीडितका लागि आपत्कालीन मावीय सहायताका रुपमा उपलब्ध गराउने निर्णय भएको हो । चिनियाँ रेडक्रस र त्यहाँको सरकारबाट नेपालका भूकम्पपीडितका लागि थप सहयोगका रुपमा २७ करोड ९३ लाख १० हजार रुपैयाँ उपलब्ध हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?