१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

आममाफी पाएका रिगलविरुद्धको मुद्दाको बहस सकियो , कहिले आउँछ फैसला ?

काठमाण्डौं : केही समय अगाडि संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएका नेपालगञ्जका योगराज ढकाल उर्फ ‘रिगल’विरुद्ध परेको मुद्दाको सुुनुवाइ सकिएको छ । नेपालगञ्जका चेतन मानन्धरको खुडा हानि हत्या अभियोगमा जेल जीवन काटिरहेका रिगलको आममाफीविरुद्ध चेतनपत्नी भारती मानन्धरले उनलाई जेलमा राख्न माग गर्दै मुद्दा दायर गरेकी थिइन् ।

रिगलविरुद्धको मुद्दामा मंगलबारबाट सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र डा। कुमार चुँडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो ।

रिगलविरुद्धको मुद्दाका सबै सुनुुवाइ सकिएसँगै बिहीबार अन्तिम फैसला आउने रिट निवेदकमध्येका एक बहसकर्ता समेत रहेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।

‘सबै सुनुुवाई सकिएको छ । त्यसको निर्णय भोलि सुनाउने निर्णय भएको छ ।’ पौडेलले भने । यसअघि मंगलबार सरकारी पक्षबाट महान्यायाधीवक्तासहित सहन्यायाधीवक्ताद्वय विश्वराज कोइराला र सन्जीवराज रेग्मीले समेत बहस गरेका थिए ।

त्यसको साथै हिजो नै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता देवराज कटुवालले समेत उक्त मुद्दामा बहस गरेका थिए । रिगलले २०७२ साल असारमा चेतनको हत्या गरेका थिए । सर्वस्वसहित जन्मकैद सजाय पाएका रिगललाई संविधान दिवसका अवसरमा राष्ट्रपतिले आममाफी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?