सहिद कुशलका बुवा बीरबहादुरको निधनप्रति महासचिव विप्लवद्वारा श्रद्धाञ्जली

कपिलवस्तु । जनयुद्धको क्रममा सहिद भएका कुशलका बुवा बीरबहादुर बिश्वकर्माको असामयिक निधनप्रति नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले पार्टीको झण्डा ओढाउदै श्रद्धाञ्जली व्यक्त गरेका छन ।

कपिलवस्तुको शिवगढी वडा न ९ बिजगौरी निवासी वीर बहादुरको निवासमा पुगि महासचिव विप्लवले मृतकप्रती श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन।

आइतबार बिहान निधन भएका बीरबहादुर नेपाल कम्युनिस्ट पार्टीका सदस्य समेत हुन भने उनको आजै दाससंस्कार गरिने र सी जातिको मृत्यु संस्कार अनुसार सम्पुर्ण प्रक्रिया गरिने उनको परिवारिक श्रोतले जानकारी दिएको छ।

६७ बर्षिय वीर बहादुरका तीन भाइ छोरा मध्ये कुशलको जनयुद्धको क्रममा सहादत भैसकेको थियो भने हाल दुई छोराहरु कमल र प्रेम,बुहारीहरु लालकुमारी र दिलमाया, नातिहरु प्रवेश,अनमोल र एलिशा तथा भदै शुष्मा र ज्वाइँ मनबहादुर सी रहेका छन।उनलाई बिगत लामो समय देखि सुगर,प्रेसर र जण्डिसको समस्या रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?