९ असार २०८१, आइतवार
९ असार २०८१, आइतवार

धानबाली भित्र्याउदै नेकपा काठमाडौं उपत्यका ब्यूरो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी काठमाडौं उपत्यका ब्यूरो र जनसांस्कृतिक महासंघद्वारा रोपिएको धान संयुक्त रूपमा भित्र्याउने कार्य सुरु गरिएको छ ।

चितवनको माडी नगरपालिका खैरेनीमा नेकपाको उत्पयका व्यूरोले ३५ कठ्ठा र जनसांस्कृतिक महासंघले २५ कठ्ठा गरी ६० कट्ठा क्षेत्रफलको जमिनमा रोपेको धान सुक्रवारबाट भित्र्याउने कार्य सुरु गरिएको हो ।

नेकपा उपत्यका व्यूरोले धान काटेर भित्र्याउने कार्य सकिएको खेतमा खुर्सानी र गोलभेडा रोप्ने काम पनि सुरु भईसकेको जनाएको छ ।


केन्द्रीय उत्पादन विभागले लिएको ११ विगाह जमिन मध्य ३ विगाह जमिनमा उपत्यका व्यूरो र जनसांस्कृतिक महासंघले धान रोपेको थियो ।

नेकपाले आत्मनिर्भर पार्टी,आत्मनिर्भर नेता र कार्यकर्ताको नीति अनुसार देशभर उत्पादनको कार्य गरिरहेको छ । जसअनुसार केन्द्रीय उत्पादन विभाग,व्यूरो र जिल्ला तहमा विभिन्न उत्पादन टिम बनाएर धान उत्पादनको कार्य गरिरहेको छ ।

माडीको धान भित्र्याउने कार्यमा नेकपा काठमाडौं उपत्यका ब्यूरो इन्चार्ज कृति सी, नेकपा केन्द्रीय सदस्य भृकुटी सी, जनसांस्कृतिक महासङ्घका महासचिव कुशल सी, युवा संगठन नेपाल उपत्यका ब्यूरो इन्चार्ज अनिल सी, काठमाडौं ३ नं जिल्ला इन्चार्ज दिव्य सी , महेश सी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेके थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?