दसैँमा गाउँघर नै रमाइलो !

टिकापुर । टीकापुरकी चन्द्रादेवी शाहीका छोराबुहारी ६ वर्षपछि दसैँ मनाउन घर फर्किएका छन् । भारतमा रहेका उनीहरु घर फर्केपछि चन्द्रादेवीको खुशीको सीमा छैन । ‘अहिलेसम्मकै रमाइलो दसैँ भएको छ । यस वर्ष म निकै खुशी छु’, उनले भनिन्, ‘‘बालबच्चा सहित भारतमा बस्ने छोरा घर फर्किएको छ । यस वर्ष परिवारसँग रमाइलोसँग मनाउन थालेका छौँ ।’

टीकापुर ब्लक नं. १६ का नवराज कुँवरलाई नवदूर्गाको पूजाआजा गर्न पाउँदा, सबै आफन्तसँग भेटघाट हुँदा रमइलो लाग्छ । ‘दसै विशेष लाग्छ, नवरात्रमा ब्रत बस्ने, पूजाआजा गर्ने, मन्दिर दर्शन गर्ने कार्य राम्रो लाग्छ’, उनले भने, ‘‘पारिवारिक जमघट र आर्शीवाद लिने र दिने कार्य निकै रमाइलो लाग्छ ।’

कैलालीकी राजकुमारी चौधरीलाई दसै विशेष लाग्छ । उनलाई दसैमा गरिने नाचगान, खानपान रमाइलो हुनुका साथै गाउँ नै उत्साहित भएजस्तो लाग्छ । ‘थारु गाउँमा दशैँको अवसरमा एक महिनासम्म नाचगान हुन्छ, थारु समुदाय आपफ्नो पोशाक लगाएर संस्कृति झल्कने,मौलिक भाषामा गीत गाएर, मादलको तालमा गाउँमा नाचगान हुन्छ’, उनले भने, ‘त्यसैले दशैँ विशेष लाग्छ ।’

स्थानीय केशर उपाध्यायलाई पनि दसैँ विशेष लाग्छ । ‘दसैँसँग हाम्रो संस्कृति, सभ्यता र परम्परा जोगिएको छ’, उनी भन्छन्, ‘वर्षभरि भेट नभएका आफन्त भेटिने भनेकै दशैँमा हो ।’

दसैँमा सबै परिवार जम्मा हुने, नयाँ लुगा लगाउने, मीठा परिकार खाने, नाचगान तथा रमाइलो गर्ने भएकाले दशैँ रमाइलो लाग्छ । लक्ष्य साउँदलाई पनि दशैँ आर्शिवाद दिने र लिने पर्व भएकाले महत्वपूर्ण लाग्छ । उहाँलाई हुने खानेले धुमधाम गर्ने नहुनेले अभाव झेल्ने कुरालाई राम्रो लाग्दैन ।

ठूला मानिस भन्दा बालबालिकालाई दसैँमा अझ रमाइलो लाग्छ । दसैँमा विद्यालय समेत विदा हुने, घुमघाम गर्न र मीठा परिकार खान पाइने भएकाले बालबालिका अझ रमाउँछन् । कक्षा ९ मा अध्ययनरत बालक योगेश साउँद दशैँमा नयाँ कपडा पाइने, विभिन्न ठाउँमा अभिभावकसँग घुम्न पाउँदा निकै रमाइलो लाग्छ ।

‘यस वर्ष पनि बाबा आमाले घुम्न लैजाने भन्नुभएको छ’, उहाँ भन्छन्, ‘एक महिना विदा छ, यो समयमा अलिकति गृहकार्य (पढाई)को तनाव हुन्छ । त्यसबाहेकको सबै समय रमाइलो लाग्छ ।’

दसैँ मनाउन नमिल्ने परिवारलाई भने दसैँले खासै उत्साह दिँदैन । अन्यले दसैँ मनाउँदा मनाउन नपाउने परिवारलाई भने नरमाइलो पनि हुन्छ । टीकापुरकी धनशोभा रावलको घरमा यस वर्ष दसैँ छैन तर पनि उनी गाउँघर झिलिमिली भएको देखेर रमाएका छन् ।

‘हरेक पर्वको महत्व उत्तिकै हुन्छ । दसैँ अझ विशेष पर्वका रुपमा मनाइने भएकाले यो पर्वले एकता, मेलमिलापको सन्देश दिनुपर्छ’, उनी भन्छन्, ‘सबैको दसैँ नहुन सक्ने भएकाले समाजमा पर्व मनाउँदा अर्काको मन दुखाउने, अन्यलाई असर पर्ने गरी कुनै क्रियाकलाप भने गर्नु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?