धनगढी । जिल्ला खेलकुद विकास समिति कैलालीमा गए राती खेलकुद विकास समितिका अध्यक्ष ललित खत्रीले खेलाडीमाथि हातपात गरेका छन् ।
शनिबार राती खेलाडीलाई गालीगलौज गर्दै अध्यक्ष आफैले कुटपिट गरेको विषय बाहिर आएको हो । जिल्ला खेलकुद विकास समिति कैलालीभित्र दारुपाटी राखेर अध्यक्ष खत्रीले बबन्डर मच्चाएको पीडित खेलाडीले गुनासो गरेका छन् । जबरजस्ती अध्यक्षले खेलकुद विकास समितिमा बोलाएर दुव्र्यवहार गर्नुका साथै मुखमा हानेर ती खेलाडीलाई घाइते समेत बनाएका छन् ।
जबकी खेलकुद विकास समितिभित्र कुनै पनि बहानामा रक्सीपाटी गर्न नपाइने नियम छ । तर कार्यालयभित्र अध्यक्ष खत्रीले रक्सीपाटी गरेर ती खेलाडीलाई आमा चाकरी गाली गरेको अडियो समेत सहित पीडितले मिडियामा जानकारी गराएका छन् । सो अडियोमा अध्यक्ष खत्रीले सुन्नै नसकिने गरी गालीगलौज गरेका छन् ।
दिनेश खबरमा समाचार छ